गुम्बाबाट चीनको नेलमसम्म सुरुङ्गमार्ग

लोक प्रिय समचार
जुगल गाउपालिकाले सिन्धुपाल्चोकको गुम्बाबाट चीनको नेलमसम्म सुरुङ्गमार्ग सम्भाब्यता अध्ययन गर्न पैरवी गर्ने भएको छ । 

  जुगल गाउपालिकाका प्रमुख होम नारायण श्रेष्ठल यो सुरुङ्ग रसुवाको भन्दा निक्कै छोटो हुने समेत बताउनुभयो । यस्तै जुगलको सवृद्धिका लागि जुगलको पानि जनताको लगानि भन्ने अभियानका साथ १ मेगावाठ क्षमताका आयोजना निमार्णका लागि जुगलबासिकै लगानिलाई प्रोत्साहित गरी अन्य ठुला आयोजनामा स्थानियको शेयर लगानिको बातावण बनाउन पहल थाल्ने समेत बताउँनु भएको छ
यसैगरी काठमाडौबाट सबैभन्दा नजिक करीव १ सय ४७ किलोमिटर दुरीमा रहेको जुगल हिमालको वेसक्याम्प सम्म पेमाशालबाट केवलकार निमार्णको लागि नेपाल सरकार र निजि क्षेत्र संगको साझेदारीमा सम्भाब्यता अध्ययन यहि आर्थिक वर्षबाट सूरु गरीने गाउपालिका प्रमुख श्रेक्ष्ठले बताउँनु भयो  । यस्तै पालिकाले अर्गानिक उत्पादन साथै हिमालि भेगमा पाईने खर्सुको चिया, निउरो जस्ता स्थानिय प्राकृतिक उत्पादनको बजाररिकणलाई प्रोत्साहन गरी आम्दानिको स्रोतको रुपमा विकास गरीने जनाएको छ । त्यसै गरी जुगल गाउपालिकाले आर्थिक वर्ष ७४।७५ मा गरेका उपलग्धि समेत सार्वजनिक गरेको छ । पालिकाले गत आर्थिक वर्षमा चालुतर्फ ५४ प्रतिहत तर्फ ७६ प्रतिसत, शसर्त तर्फ ९८ प्रतिसत रकम खर्च भएको जनाएको छ । गत वर्षमा ९९ किलोमिटर नया ट्रयाक खोलिएको ,ऐन नियामावली ,कार्यविधि जस्ता १८ वटा कानसन निर्माण , जलविद्युत सम्भाब्यत अध्यन गरी गुरु योजना निमार्ण हुनुलाई उपलग्धिको रुपमा सार्वजनिक गरेको छ ।
यसैबिच पिछाडिएका वर्गको शिक्षा र स्वास्थ्यका अवस्था हेरी सहयोग गर्ने भन्दै जनप्रतिनिधि, स्थानियको सम्लग्नतामा कोष स्थापना गरेको छ । गाउपालिका प्रमुख होम नारायण श्रेष्ठबाट ब्यक्तीगत १ लाख ८० हजार ,उप प्रमुख  श्रृजना तामाङबाट २० हजार सहयोगमा कोषको स्थापना गरीएको हो । यसैगरी कोषमा हालसम्म ७ नम्बर वडाका अध्यक्ष विल कुमार लामा र १ नम्बर वडाका अध्यक्ष कमल नेपालले असि असि हजार सहयोग गरीसक्नु भएको छ । यस्तैगरी ६ नम्बर वडाका समाजसेवि चेत कुमार तामाङले कोषमा १ हजार ५० रुपैया सहयोग गर्नुभएको छ । पालिका भित्रका सबै जनप्रतिनिध र स्थानियले कोषमा सकेको सहयोग गर्न सकिने पालिका का उप प्रमुख श्रृजना तामाङ्गले बताउँनु भएको छ । 

, , ,