कार्यभार सम्हाल्नुहुँदै प्रजिअ अधिकारी सहयोगमा कुनै कमी हुन नदिने प्रतिवद्धता


जिल्लाको समग्र विकासका लागि  जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने सहयोगमा कुनै पनि कमी कमजोरी हुन नदिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभएको छ । 

उहाँले जिल्ला समन्वय समितिद्धारा आयोजित बधाइ कार्यक्रममा जिल्ला समन्वय समितिको कार्यलयमा सहभागी हुनु भएका जिससका प्रमुख तथा  पदाधिकारीहरु चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख लगाएत उपस्थितीहरु सँगको  छफलको क्रममा उक्त कुरा बताउँनु भएको जिल्ला समन्वय समितिका सचिवालय प्रमुख कृष्णप्रसाद ढकालले बताउँनु भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा कार्यभार सम्हाले लगत्तै  जिल्ला स्थित सुरक्षा प्रमुखहरुसँग जिल्लाको वस्तु स्थिति बारेमा छलफल सकेर जिल्ला समन्वय समितिको स्वागत कार्यक्रममा सहभागी हुनु भएका अधिकारीले जिल्लाबाट नागरिकलाई दिनपर्ने सुविधाका लागि कुनै पनि ढिलासुस्ती नगरी तत्काल सुविधा उपलब्ध गराइने बताउनुभयो ।
नेपाल सरकारले यस अघि सिन्धुपाल्चोकका प्रजिअको जिम्मेवारी सम्हाली रहनु भएका आश्मान तामाङ्गलाई मकावनपुर सरुवा गरेर अधिकारीलाई सिन्धुपाल्चोकको जिम्मेवारी दिएको हो । आश्मान तामाङ्गले पनि सोमबार कै दिनमा मकवानपुर जिल्लामा आफ्नो कार्यभार सम्हाल्नु भएको छ ।
उहाँलाइ मकवानपुरमा जनप्रतिनिधिहरु तथा स्थानीय विभिन्न दल संघ संस्थाका प्रतिनिधीले स्वागत गरेका थिए ।
यसैबिच  सिन्धुपाल्चोक जिल्लाले  आव २०७४।७५ मा दुई करोड पैतिस लाख छपन्न हजार छ सय बयानब्बे रुपेैया त्रियानब्बे पैसा राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रशाशन कार्यलयका लेखापाल  जयराम यादबका अनुसार राहदानीबाट मात्र दुइ करोड अठ्ठाइस लाख एघारहजार छशय एकचालीस रुपैया  सङ्कलन भएको छ । संघ संस्था नबिकरण बिभिन्न प्रकारको जरिबाना तथा बिभिन्न शिर्षकहरुमा  सात लाख पैतालीस हजार एकावन्न रुपैया राजश्व सङ्कलन गरिएको छ ।  साथै आब २०७५।७६बाट जिल्ला प्रशासन कार्यालयमा बिधुतीय हाजीरीको समेत व्यवस्था गरिएको यादबले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा बिधुतीय नागरिक बडा पत्र समेत राखिएको छ । यसले गर्दा सर्वसाधरण नागरिकले प्रशासन कार्यालयबाट पाइने सेवाहरु बिधुतीय माध्यमबाट राखीएको नागरिक बडापत्र
 पढ्न पाउने भएका छन् । 

, ,