तातोपानी नाका छिट्टै खुल्ने मन्त्री तामाङ्ग प्रकृती श्रोतको दहन असह्य हुनेमन्त्री दुलाल


 सिन्धुपाल्चोकको तातोपानि नाका संचलानका लागि चिनले पठाएको प्रस्ताव भौतिक पुर्वाधार मन्त्रालयमा थन्काएर वेवास्था हुदा नाका संचालनमा ढिलाई भएको कानुन न्याय तथा संसदिय मामिला मन्त्रि शेर बहादुर तामाङले बताउनुभएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको दोश्रो जिल्ला सभामा उद्धघाटन गर्दै  मन्त्रि तामाङले प्रक्रिया पुरा नगरी नाका खोल्नुपर्छ भनेर मात्र नखुल्ने बताउनुभयो ।
यस्तै विकास निमार्णको प्रसङ्रगमा बोल्दै मन्त्रि तामाङले नागरीकले
सरकारलाई गालिमात्र गर्ने प्रवद्धि वढेको भन्दै नागरिक पनी त्यस प्रती  जिम्मेवार हुन पर्ने बताउनु भएको छ । दोश्रो जिल्ला सभामा   प्रदेश ३ का सामाजिक विकास मन्त्रि युवाराज दुलालले प्राकृतिक सा्रेतको दोहन असह्य हुने बताउदै स्थानिय तह, जिल्ला समन्वय समित सहित प्रदेश पनि कडा रुपमा प्रस्तुत हुने बताउनुभयो । जिल्लामा कर्मचारी र जनप्रतिनिधिले पैसा खाएर अबैध क्रसर संचालन
गर्न दिएको नागरीकको गुनासोलाई मनन गर्दै कि जनताले भनेजस्तो भयो  कि  नसकेर या नजानेरपनि यस्तो भईरहेको मन्त्रि दुलालले बताउनुभयो । मन्त्रि दुलालले स्थानिय सरकारले प्रदेश र केन्द सरकारलाई गुनासो गर्ने समय नभएको बताउदै । उहाले भएका सा्रेत र साधनबाट विकासको कार्य सूरु गर्नुपर्ने बताउनुभयो ।
जिल्ला सभाले जिल्लाको प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थ उत्खनन र संकलन नियमन सम्बन्धि कार्यविधि २०७५ पारीत गरेको छ। यसैगरी विकासका कार्यक्रमलाई प्रभावकारी ढंगलेस्थानिय तहमा अनुगमन
र गरी पारदर्हिता कायम गर्न भुमिका खेल्ने समन्वय समितिले जनाएको छ । समन्वय प्रमुख कृष्ण गोपाल तामाङले २०७५।७६ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै हरेक पालिकामा कोशेलि घर स्थापना गरी स्थानिय स्तरमा उत्पादित सामाग्रिको संकलन तथा वितरण गर्ने योजना अगि सार्नु भएको छ । । कार्यक्रममा गाँउ पालीका महासंघका महासचिब  बंशलाल तामाङ्गले  आफ्नो अधिकार खोज्दा अरुको अधिकार को पनी ख्याल राखेर काम गर्न सुझाब दिनुभयो । सभामा प्रदेश सांसद निमा लामा, ईन्द्रमाया गुरुङ  प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ्ग नेकपाका झम्क नेपाल नेपाली काँग्रेसका शंङ्कर गिरी लगायतले समन्वय समितीको भुमिका महत्वपुर्ण हुने औल्याउनुभयो । अर्बौको लगानि रहने सुनकोसि परीयोजना र मध्य पहाडि लोकमार्ग जिल्लाको सम्पन्नतासंग जोडिएकाले डिआरपि तयारीको अवस्थामा रहेको जानकारी गराउँदै दुई वर्षभित्र जिल्लालाई खानेपानि समस्या मुक्त,विद्युतिकरण र काठको पोलमुक्त बनाउनेबारेमा पनि जिल्ला सभामा छलफल भएको छ ।
कार्यक्रमको संञ्चालन  जिससका सदस्य सुकन्तला माझीले गर्नु भएको थियो भने स्वागत मन्तब्य उप प्रमुख बालकुमारी सापकोटाले  गर्नु भएको थियो । जिल्ला सम्मन्वय समितीको सभाहलमा भएको कार्यक्रमको सभापतित्व भने जिससका प्रमुख कृष्ण गोपाल तामाङ्गले गर्नु भएको थियो । 


, , ,