भोटेकोशीको निती तथा बजेट सार्बजैनीक


भोटेकोशी गाँउ पालीकाले चौतीस करोड तेह्र् लाख चवन्नहजारको बजेट सार्बजैनीक गर्दै स्थानीय श्रोत र साधनको  परिचालन गरि  स्थानीय नागरिकलाइ स्थानीयमा नै रोजगारको ब्यस्था गर्ने खालका  लोक प्रिय  निती तथा कार्यक्रमको सार्बजैनिकगरिएको छ।

सार्बजैनिक समारोहमा संस्कृती कार्यक्रम समेत गरिएको थियो । गाँउपालीकाका प्रमुख राजकुमार पौडेललको सभापतीत्वमा भएको कार्यक्रममा वडा अध्यक्षहरु पालीकाका सदस्यहरु तथा सर्ब साधरणहरुको ब्यापक उपस्थिती रहेको हाम्रा प्रतिनीधी बिना श्रेष्छले बताउँनु भएको छ कार्यक्रममा सहभागीहरुलाइ प्रमुख प्रशाशकिय अधिकृत दिपेन्द्र रेग्मीले स्वागत गर्नु भएको थियो।
 सिन्धुपाल्चोकको सबे स्थानीय तहमा आब २०७५।२०७६को निती तथा कार्यक्रम र बजेटको सार्बजैनिक भएको छ । स्थानीय सरकार संञ्चालनमा आए पछी दोश्रो पटक यो निती तथा कार्यक्रम र बजेटको सार्बजैनिक गरिएको हो । यो समचार तैयार गर्दा सम्म मेलम्चीमा पनी सभामा छलफल भइरहेको हाम्र प्रतिनिधी कमला लामाले जानकारी दिनु भएको छ । उँहाका अनुसार असार ३ गते सुरु भएको नगरसभालाई आजबाट निरन्तरता दिइएको छ । आर्थिक विकास समितिका सदस्य भक्तबहादुर खड्काले सहकारी ऐन २०७५ प्रस्तुत गर्नु भयो । साथै उहाँले कार्यक्रममा बोल्दै आर्थिक क्षेत्रलाई बलियो बनाउनका लागी मेलम्ची नगरपालिकामा सहकारी सँस्था स्थापना हुनुपर्ने बताउनुभयो । त्यस्तै मेलम्ची नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित विधेयक २०७५ दलित महिला सदस्य पार्बती बिकले प्रस्तुत गर्नुभयो । न्यायिक समितीका सदस्य लुमडीराज खतिवडाले न्यायिक समितीको कार्यबिधि समन्वय ब्यबस्था गर्न बनेको बिधेयक २०७५ प्रस्तुत गर्दै समुदायमा भएका द्धन्द्धलाई समुदायमा नै समाधान गर्नुपर्ने बिषयमा छलफल भइरहेको छ

, , ,