मेलमचीमा बजार अनुगमन


 कमला लामा
मेलम्ची नगरपालिकाको बजारका सबै हार्डवेयर पसलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रशासकीय अधिकृत भिम बहादुर बस्नेतको नेतृत्व टोली सहित खरिद मूल्य र बिक्री मूल्यको बारेमा अनुगमन गरिएको हो । ट्रान्सपरेन्शी नेपालको साझेदारीमा  सञ्चालन गरिएको कार्यक्रममा मेलम्ची नगरपालिकाबाट शाखा अधिकृत  माधब अधिकारीको सहभागीता थियो । क्रसरको अबस्था, निर्माण सामग्रीको मूल्यको बारेमा निगरानी र निर्देशन क्रसर र गिटी , बालुवा उत्खन्नको बारेमा अनुगमन गरिएको हो ।