काँगे्रस संसदीय दलको बेठकले गर्यो सरकारको बिरोध

नेपाली कांग्रेस को संसदीय दलको बैठक बसेको छ । सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाको अध्यक्षतामा दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको हो । काग्रेस संसदीय दलको बैठकले     जुम्लामा अनसनरत डा. गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै डा. के.सी.को स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेस संसदीय दलले तीन सदस्यीय संसदीय प्रतिनिधि टोली जुम्ला पठाउने निर्णय गरेको छ । उक्त टोलीमा प्रतिनिधि सभा सदस्य माननीय प्रकाश रसाइली स्नेही, माननीय रंगमती शाही र प्रदेश सभा सदस्य माननीय दिनबन्धु श्रेष्ठ रहनु हुने निर्णय गरेको छ  ।
कागे्रस स.स्दीदलको बैठकले  अधिकारीको हत्यामा संलग्न अपराधीलाई कानूनी कारवाहीको माग राखी लामो समयदेखि काठमाडौं स्थित वीर अस्पतालमा अनसनमा रहनु भएकी गंगामाया अधिकारीको माग प्रति नेपाली कांग्रेसले एक्येबद्धता जनाउँदै उहाँको स्वास्थ्य अवस्था बुझ्न संसदीय दलको तर्फबाट तीन सदस्यीय संसदीय प्रतिनिधि टोली  पठाउने निर्णय समेत गरेको छ । उक्त टोलीमा प्रतिनिधि सभा सदस्य माननीय पार्वता डि.सी चौधरी, माननीय डा. अमरेश कुमार सिंह र माननीय देव प्रसाद तिमिल्सिना रहनु भएको छ ।   शान्तिपूर्ण रुपमा भेला भई आफ्ना विचार राख्ने जनताको अधिकारलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा नेपाली कांग्रेस संसदीय दलको  बैठक ले घोर आपत्ती  समेत प्रकट गरेको छ । अबिलम्ब निषेधित क्षेत्र घोषणाको निर्णय फिर्ता लिन सरकारलाई संसदीय दलको बैठक ले माग गरेको  छ । सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए जनताको तर्फबाट नेपाली कांग्रेसले निषेधाज्ञा अवज्ञा समेत गर्ने निर्णय गरेको छ  । काँग्रेसले    दिनानुदिन महङ्गी बढी रहेकोले जनताको जीवनमा कठिनाई भइरहेको भन्दै   जनताको आम्दानी घट्दै जाने र खर्च बढद्ै जाने यो असहज अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिन र तत्काल महङ्गी नियन्त्रण गर्न सरकालाई माग गर्ने निर्णय गरिुउको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी गराउँनु भएको छ ।


,