ऐतिहासिक हेलम्बु चिरी गुम्बासंरक्षणमा सबैको ध्यान जान पर्ने


 युबराज बस्नेत,

 नेपालको प्रदेश नं ३ अन्तर्गत सिन्धुपाल्चोक जिल्ला साविक हेलम्बु गा.वि.स. वडा नं. ६ हाल हेलम्बु गाउँपालिका वडा नं. १ मा बनगती अञ्चल कै पुरानो र इतीहास बोकेको गुम्बा रहेको छ।


  यो गुम्बा साँच्चै भन्ने हो भने पर्यापत मात्रामा प्रचार प्रसारको अभाबले ओझेलोमा परेको हो की स्थिानीय हरुको भनाइ रहेको छ।  त्यँहा रहेको गुप्त क्षेत्र ह्योल्मो हिमश्रृङ्खला नेपालको दर्शनिय देवभूमी पौराणिक हिमाली देशको चिनारी रहन गएको धार्मिक एवं एैतिहासिक तपोभूमिमा रहेको चिरी गुम्बा बाग्मती अञ्चलकै पुरानो गुम्बा मानिन्छ चिरी गुम्बा पुन निर्माण व्यवस्थापन समितिसह–सचिव छिरिङ लामा ले बताउँनु भयो । उँहाका अनुसार  गुम्बा ५०० बर्ष अगाडी गुरु पद्म संभवले भविष्यबाणि गरे अनुसार तिब्बतका धर्म मन्त्री (छ्योलेन पद्मा गुङ्जेन) को अवतारको रुपमा जन्म लिनुभएका महानिधीपति विद्याधर ङाग्छ्याङ शाक्य साङ्पोले  स्थापना गर्नुभएको थियो ।

लामाका अनुसार लगातार शाक्य साङ्पोका बशंजहरुले संरक्षण गर्दै आउने क्रममा गुम्बा अति नै पुरानो भएर जिर्ण अवस्थामा पुगेपछि  २०५९ सालमा तत्कालिन राज श्री ५ ज्ञानेन्द्र विरक्रिम शाह सरकार रहँदा स्थानिय विकास मन्त्रालय गुम्बा विकास समितिका अध्यक्ष डा. ल्र्हाक्याल लामा (खेन्पो छिमि छिरिङ) ज्यूले नेपालका दुर्गम भेगमा रहेका प्रचिन पुरातात्विक र भौतिक संरचना साथै एतिहासिक महत्व बोकेका बाग्मति अञ्चलका गुम्बाहरु मध्येमा सबैभन्दा पुरानो चिरी गुम्बालाई उहाँले प्राथमिकता दिनुभई श्री ५ को सरकार गुम्बा विकासको तर्फबाट ठूलो रकम उपलब्ध गराई दिनुका साथै स्थानिय जन समुदायहरु र देश विदेशमा रहनुभएका श्रदालु भक्तजनहरुको सहयोगले २०६८ सालमा चिरी गुम्बा पुनः जिर्णोद्धार सम्पन्न भएको  हो । चिरी गुम्बाको समुद्घाटनका लागि गणतन्त्र नेपालका प्रथम सम्माननिय राष्ट्रपति ड. रामवरण यादवज्यू र महाविद्याधर ङाग्छ्याङ शाक्य साङ्पोको पुजनीय वर्तमान १० औं अवतार गोन्ज्याङ छोक्टुल रिन्पोछेज्यूको वाहुलीमा मिति २०६८ साल ज्येष्ठ २३ गतेका दिन चिरी गुम्बाको समुद्घाटन साथै सु–प्रतिस्थापन सम्पन्न भएको थियो ।


लगातार ५ बर्ष नवित्दै प्रकृतिक प्रकोपले गर्दा २०७२ साल बैशाख १२ गतेको महाविनसकारी भुकम्पले पुरा क्षति पु¥यायो दैव संजोगको कृपाले त्यस गुम्बाको मानविय क्षति भने भएन । भुकम्पले गुम्बा पुर्ण रुपमा क्षति भएपछि  त्यस गुम्बाका भित्र रहेका भौतिक संरचना तथा पुरातात्वि सामाग्रिहरु स्थानिय जनसमुदाय र गुम्बाको व्यवस्थापन समितिको पहलमा सुरक्षित साथ राखिएको छ ।

महाविनसकारी भुकम्पले पुरा पुर्ण क्षति पु¥याएको ५ बर्ष हुँदा पनि उक्त ऐतिहासिक गुम्बाको  पुननिर्माण गर्नका लागि हालसम्म पनि नेपाल सरकारको मौन रहेको छ । हालसम्म कुनै पनि सहयोग प्राप्त हुन सकेको छैन 
। त्यसैले  हामी चिन्तीत रहेका छौ  आगामी दिनमा चिरी गुम्बा पूर्ण निर्माणका लागी सबै सँग  व्यवस्थापन समितिको तर्फबाट लामाले  अनुरोध गर्नु भएको छ।  जिल्लामा रहेको यस्तो एैतिहासीक  पर्यटकीय स्थलको संरक्षण गरेर जिल्लाको पहिचानमा थप मद्धत गर्न सबैको ध्यान जान पर्ने स्थानीयहरुको भनाइ रहेकोछ ।


, , ,
Lokpriyasamachar@. Powered by Blogger.