त्रिपुरासुन्दरीमा इन्भेष्टमेण्ट बैङ्क


लोकप्रिय रिर्पोटर
हरेक स्थानीय तहमा बैंकिङ कार्यक्रम सञ्चालन गर्न राष्ट्र बैंकले दिएको नीति अनुसार बाणिज्य बैंकहरुले स्थानीय तालिकाहरुमा सेवा दिन थालेका छन् । राष्ट्र बैंकको प्राबधान अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको वडा कार्यलय पिस्करमा नेपाल ईन्भेस्टमेन्ट बैंकले आफ्नो ७३ औं शाखा विस्तार गरेको छ । बैंकले २२ गतेदेखि सेवा शुरु गरेको हो । स्थानीय तहको लामो पहल पछि गाउँमा नै उपभोक्ता समितीको खाता, क्रृण लिने  दिने र सबै आर्थिक कारोबारको काम बैकबाट हुने भएकोमा स्थानीय बासिन्दाले खुशी ब्यक्त गरेका छन् । बैंकले गाउँमा नै सेवा शुरु गरेपछि मानिसहरुमा बचत गर्ने बानीमा बिकास हुने  र बैंकले दिने सेवा सुबिधाप्रति सबै गाउँपालिकाबासीले सेवा उपयोग गर्दै अझै उच्च प्रगतिको कामना गरेको गाउँपालिका अध्यक्ष भूपेन्द« श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आफ्नो पालिकाका हरेक नागरिकले बैंकिङ सुविधा आफ्नो गाउँघरवाटै पाएको हुँदा स्थानीय सरकारले हरेक गाउँपालिकामा बैकिङ कार्यालय राख्न राष्ट्र बैंकले दिएको निर्देशनलाई पालना गरी आउने जुनसुकै बैंकलाई पनि पालिकामा स्वागत गर्देै आवश्यक सहयोग गर्ने बताउनु भयो ।

,