बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले असुरक्षित भएको भन्दै सुरक्षा माग्नु भएको छ ।
काठमाडौबाट नगरपालिकाको कार्यालय जाँदै गर्दा अरनिको राजमार्गअन्तर्गत जुरे नजिकै हिजो नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमणको प्रयास गरेपछि मेयर शेर्पाले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुभएको छ ।
बा१४च १४०८ नम्बरको गाडीमा सवार रहेकोबेला आफुमाथि आक्रमणको प्रयास गरेको मेयरको दावी छ । उँहाले लोकप्रिय समचार सँग कुरा गर्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुद्वारा अनावश्यक आफूलाई हातपात गर्न खोजेको बताउनुभएको छ ।
‘काठमाडौंबाट बाह्र्बिसे नगरपालीका जाँदै थिएँ, जुरे पहिरोमा गाडी फसेर करिव एक घण्टा जति गाडीहरु जाम भएका थिए । त्यसैबेला बाह्रबिसेबाट आएका कांग्रेस समर्थक कार्यकर्ताले यो बाटो किन बन्द भयो भन्दै एक्कासी म सँग विवाद गर्न थाले । मैले यो प्राकृतिक कारण हो, बाटो अवरुद्ध भएको छ, डोजर आउँछ अनि सडक खुल्छ भन्दा मेयर भएपछि तुरुन्त गर्नुप¥यो भन्दै गाडी बोकेर बाटो खोल्नुपर्छ भनेर झगडा गर्न लागेपछि बसमा यात्रा गरेर जाममा परेका यात्रीहरुले अनावश्यक प्रमुखलाई बाटोमा गाली बेइज्जत गर्न पाइँदैन भन्दै गर्दा कांग्रेसका बालकृष्ण बस्नेतको नेतृत्वमा रहेको कांग्रेसका कार्यकर्ताहरुले प्रमुखको गाडीलाई खोलामा हाल्नुपर्छ भन्दै मान्छेको टाउको झोलामा गाडी खोलामा भनेर म माथी प्रहार गर्न लाग्दा यात्रीहरुले प्रतिकार गरेका थिए’ मेयर शेर्पाले बताउनुभयो ।
उहाँले बसमा यात्रा गर्ने यात्री तथा सवारी चालक सहचालकहरु सबैको सहयोगमा मलाई उहाँहरुको बीचबाट छुटाएर झगडा हुनबाट रोकेका थिए त्यस पछि चौतारामा कार्यक्रम भएकाले कार्यक्रममा गएर आएपछि देखाइदिन्छौं भन्दै हिँडेको बताउनुभयो ।
यस सम्बन्धमानेपाली कांग्रेसका तोकबहादुर श्रेष्ठलाई मेरो विरुद्ध किन बोलेको भनेर नगर प्रमुखले भन्दै मेरो विरुद्ध बोल्नेलाई नराम्रो हुन्छ भनेर धम्काएपछि नगर प्रमुख जस्तो जिम्मेवार व्यक्तिले त्यस्तो गर्न नहुने भनेर सम्झाएको मात्र हो तर नगर प्रमुखका मानिसहरुले धम्क्याउन थालेपछि सम्झाउँदै सडकमा बिबाद गर्न नहुने भन्दै नेपाली कांग्रेसका बालकृष्ण बस्नेतले आफु भन्दा साना या ठुला कसैलाइ पनी अनावश्यक कसैले पनी धम्क्याउन पाइदैन मात्र भनेको त्यस्तो झडप गर्न नगएको काँग्रेसका हेमन्त श्रेष्ठले बताउनुभयो ।
मेयर शेर्पाद्वारा सुरक्षाको माग
[email protected] Powered by Blogger.
