भुकम्प पिडीतलाइ थप १लाख नदिएकोमा काँग्रेसको आपत्ती
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकारविरुद्ध बिरोध प्रदर्शन गरेकोे छ । काँग्रेस केन्द्रीय कार्यसमितीको निर्णय अनुसार देशको ७७वटै जिल्लामा बिरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत बिरोध कार्यक्रम भएको हो ।
सिन्धुपाल्चोकमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले बहुमतको नाममा रहेको सरकारले उल्टा उल्टा काम गरेर जनतालाइ झुक्याएको बताउँदै नागरिक्ता लिने देखी लिएर उत्पादनकत्व बस्तुमा समेत जनताले तिर्न नसकने कर लगाएर जनताको अपमान गरेको बताउँनुभयो ।

जिल्ला पार्टी सभापती बिकाश लामाले देश सङ्कटमा पर्न लागेकोलेजनाताले काँग्रेसलाइ फेरी देश संञ्चालन गर्ने जिम्मा दिन लागेको हुँदा एक बर्ष भित्रै काँग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुने बताउँनु भयो तरुण दलका अध्यक्ष दोर्जे लामा हाउडे ले देशभरका तरुण तथा सबै कार्यकर्ताहरु ओली सरकार बिरुद्ध लाग्न पर्ने भएकाले सरकारको बिरोधमा उत्रन सबैलाइ आग्रह गर्नु भयो ।
टुडीखेलको पिपलबोटमा आयोजित कोण सभाको संञ्चालन जिल्ला सचिब झलक नेपालले गर्नु भएको थियो यस अघी नेपाल बैङ्क पुरानोबसपार्क बाट बिरोध जुलुस शुरु भइ नारा सहित बजार परिक्रम गरेर कोण सभामा परिणत भएको थियो ।