लिशखुंपाखरको बिकाश नै समस्याको निकाश हो प्रमुख कमल नेपाल



सिन्धुपाल्चोक जिल्ला साबीक पेड्कु गाउँबिकाश समिती वडा नं ५मा पिताश्री नेत्र प्रसाद नेपाल र माताश्री ठुलीमाँया नेपाल को कोषबाट २०२८फागुन महिना२३.गते जन्मनु भएको कमल प्रसाद नेपाल सानै उमेर देखी सामाजीक सेवा र राजनीतमा चासो राखेर काम गर्नु भएको हो। उँहा लिशखुंपाखर गाँउपालीकाको प्रमुख हुनुहुन्छ लोकप्रिय समचारले उँहा सँग  गरिएको छोटो कुराकानी 


यँहाकोपरिचयदिनोस न 
लिसंखु पाखर गाउँपालिका प्रदेश नं ३ सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यस गाउँपालिकाको कूल क्षेत्रफल ९८.६१ वर्ग कि. मि. रहेको छ । यो गाउँपालिका साबिकका ६ वटा गा. बि. स. ठूलोधादिङ, लिसंखु, अत्तरपुर, जेठल, पेट्कु र ठूलोपाखर मिलेर बनेको छ । यहाँ विभिन्न धर्मका अनुयायीहरुको बसोबास रहेको छ जसमा हिन्दु, बौद्ध र क्रिस्चियन  रहेका छन् । यहाँ बोलिने भाषाहरुमध्ये मुख्य भाषा नेपाली छ भने अन्य भाषा तामाङ र नेवारी रहेका छन , पूर्वमा  दोलखा र रामेछाप जिल्लापश्चिममा   सुनकोशी गाउँपालिका उत्तरमा   त्रिपुरा गाउँपालिका
दक्षिण  काभ्रेपलान्चोक जिल्ला र सुनकोशी गाउँपालिका रहेको छ ।
 यँहाको समस्याका बारेमा बताइदिनुहोस न 
स्थानीय स्तरमा आय आर्जन गर्न स्रोतहरुको कमी हुनु,
युवापुस्ताको शहरउन्मुख प्रवृत्ति र विदेश पलायनका कारण दक्ष सीप र क्षमता भएका जनशक्तिको कमी हुनु,
विकास निर्माण कार्यका पूर्वाधार विकास गर्न विषय विशेषज्ञ कर्मचारीको अभाव रहनु साना तथा घरेलु उद्योगको विकास नभएकाले तत्सम्बन्धी बजार प्रवर्धन हुन नसक्नु लगाएत यँहाका समस्याहरु रहेका छन ।  ,
 भुकम्पपिडीतकागुनासो सम्बोधनको ब्यबस्था कसरी मिलाउँनुभएकोछ?
गाँउपालीकामा रहेका भुकम्प पिडीतका लागी हामीले पहिलो प्रथमिकताका साथ काम गरिरहेका छौ । अनुदान सम्झौताबाट बञ्चीत रहेका केही पिडीतहरुका लागी गुनासो सम्बोधन गराएका छौ केही बाकी हरुका लागी पुनराबेदनको ब्यबस्था गरेका छौ । यसका लागी पुनारबेदन दरखास्त फारम ल्याइ सकेका छौ  । 
 तपाइले  के आश्वाशान दिएर चुनाबमा भाग लिनु भएको थियो ? 
मैले खाशै कुनै पनी आश्वशान दिन परेको थिएन बिकाश निर्माण र मैले निर्बाचन अगाडी गरेका समाज सेवाका कामहरु नै मेरो लागी निर्बाचनमा सहयोगी बनेको थियो । त्यही समाज सेबाका कामका कारण नै मैले निर्बाचनमा  भाग लिने प्ररेणा मिलेको र   स्थानीय  नागरिकहरुको सल्लाह अनुसार पार्टीको घोषणा पत्र बमोजिम प्रतिबद्धता  पत्र जारी गरेका थियौ  त्सलाइ पनी स्थानीय पालीकाका नागरिकले बिश्वास गरेका र त्यही पत्रका आधारमा काम गरिरहेका छौ।
 यहाँले एक बर्षका अन्तरालमा गरेको कार्यहरु छोटकरीमा बताईदिनुस न?

हामि निर्र्वािचत भएपछि धेरै महत्वपूर्ण कामहरु गरेका छौ   भुकम्प पिडीतलाइ पुनिर्माणमा ठुलो राहात पुगेको छ । सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, कृषि उत्पादन र पर्यटन प्रबद्र्धनका लागी बिभिन्न योजना निर्माण गरि अगाडी बढिरहेका छौ । बिकाश निर्माणका कार्य तिब्रता साथ अगाडी बढीरहेको छ
  पर्यटन तथा ,कृषीमा नँया  केही योजना छ की ?
लिसखुं गाँउ पालीका वडा नं २ र ३को बिच भागमा पर्ने ग्याल्मो खोलाको दोभानमा ठुलो एउटा ताल निर्माण गर्ने र पर्यटकको आकर्षणका लागी ताल कै छेउमा मन्दिर निर्माण गर्ने  तालको साथमा हरियाली पार्क निर्माण गरेर पर्यटकीय स्थलको बिकाश गर्न लागेका छौ । कृषी क्षेत्रको बिकाशका लागी  माटो परिक्षण गरीसकेका छौ आगामी बर्ष बिग्रीएको माटोलाइ सुधार गर्नका लागी कृषी चुनको समेत ब्यबस्था गरेर किसानहरुलाइ स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न  उत्पादनका लागी प्रोत्साहन दिने कार्यक्रमहरु अगाडी सारेका छौ । जिल्लाकै  पहिचान बोकेको मुडेको आलुलाइ मापदण्डका आधारमा  लेबलिङ्ग,ग्रेडीङ्ग, प्याकीङ्गको समेत ब्यबस्था गरेर मुडेको आलुको पहिचान सहित बजारीकरण गर्ने गरेको छ । त्यसो गर्दा मुडेका आलु उत्पादक कृषकलाइ स्तरीय आलु उत्पादनमा  थप उर्जा भएको ले कृषकहरुलाइ  आबश्यकता अनुसार  नयाँ प्रबृद्धीका सामाग्री तथा बिउ बिजनमा समेत अनुदानको ब्यबस्था गरिएको छ । बिभिन्न धर्मावलम्वीहरुका आस्था अनुसार गुम्बा, स्तुपा, मठ, मन्दिर र चर्च रहेका छन् तिनीहरुको बिकाशका लागी आबश्यक कामहरु भइरहेका छन  । लामा लामा झरना तथा छहराहरु, ऐतिहासिक चुच्चेढुङ्गा र गुफाहरु लाइ पनी पर्यटकिय स्थलका रुपमा बिकाश गर्दै लैजाने योजना रहेको छ ।
 स्वास्थ्य क्षेत्रमा के कस्ता कामहरु भएका छन? 
स्वास्थ्य क्षेत्रमा धेरै कामहरु भएका छन पालीकाका सबै   स्वास्थ्य संस्थाहरु बाट सरकारले ब्यबस्था गरे बमोजिम निशुल्क औषधीहरु बितरण गरिएको छ ।  घुम्ती शिबिरका साथै स्वास्थ्यमा कुनै पनी समस्या पर्न नदिन हामी सतर्कताका साथ काम गरिरहेका छौ । यस पालीकामा तत्काल एउटा अस्पताल को आबश्यकता भएको छ त्यसको लागी निर्माण  योजनामा छौ  र छवटा स्वास्थ्य चौकी र एउटा सामुदायक स्वास्थ्य इकाइ केन्द्र रहेका छन।
सिंह दरवारको अधिकारगाँउमा भनेको के हो ?
सिंहदरबारको अधिकार गाउँमा भनेको सिहंदरबारबाट हुने कामहरु गँउ  गाँउबाट हुनु हो यो कामहरु वडाबाट भइरहेको छ । त्यसैलाइ सिहदरबारको अधिकार गाँउमा भनीएको हो बिगतका दिन हरुमा साना साना योजना माग्न पनी  जिल्ला र केन्द्र धाउँन पर्द थियो अहीले सबै काम गाँउबाटै भएका छन त्यसैलाइ सिंह दरबारको अधिकार गाँउमा भनीएको हो । हाम्रो देशमाखानेपानी, मौलिक हक जस्ता कार्य सिंहदरवारबाट मात्र हुने गरेकोमा ती सम्पूर्ण काम वडाबाट तत्कालै हुन्छ यही हो सिंहदरवारको अधिकार गाँउमा भनेको  । सुुसासन युक्त वडा निर्माण गर्दै संघीय सरकार तथा प्रदेश सरकारको मातहतमा काम गर्ने  निती निर्देशिका   अनुसार  वडाबाटै जनताले सबै सुबिधा प्रदान गरिएको छ ।

याहाको भावी योजना के छ ?
गाउँपालीकाबाट नागरिकका बिकाशका लागी बिषेस योजना निर्माण गरिकार्यन्वयन गर्ने गरी स्वोरोजगार तथा सीप मूलक शिक्षा प्रदान गरिने  योजना रहेको छ ।सबै नागरिकलाइ आत्मा निर्भरताको लागी बिशेष कार्यक्रम गरिने योजना रहेको छ । साथै यस पालीका लाइ नमुनाका रुपमा अगाडी बढाउँने योजना अगाडी  सारेका छौ र यस गँउपालीकालाइ नमुनाबनाएर अगाडी बढाउँने  छौ ।
अन्तमा ?
हामीले गाँउ पालीकाका सबै लाइ समान ब्यबहार गर्दै आबश्यकतामा आधारीत रहेर बिकाश निर्माणका कामहरु गरिरहेका छौ ।  खाश गरी हामी कुरामा भन्दा काममा बढी बिश्वास गर्छाै त्यसैले कामको लागी  नै हामी लागी परेका छौ । अन्तमा लोकप्रिय समचार मार्फत मेरा केही कुरा राख्ने मौका दिनुभएकोमा सिन्धुपाल्चोक जिल्लाकै इतिहाँस बोकेको   लोकप्रिय समचार दैनिकलाइ हार्दीक धन्यबाद दिदैं वडा बिकाशका लागी आफुले निश्पक्षरुपमा काम गरिरहेको र त्यसमा कुनै कमी कम्जोरी भएको भए सुझाबकारुपमा प्रस्तुगर्न सबै नागरिकहरुमा तपाइको लोकप्रिय समचार मार्फत हार्दीक आग्रह गर्द छु ।
धन्यबाद

, , , , , , , ,