जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बिगत चार दिन देखी परेको अबिरल बर्षाका कारण देशका बिभिन्न भागमा  बाढी पहिरोका कारण  पिडा भोगी रहेको अबस्थामा सिन्धुबासीलाइ अर्काे पिडा थपिएको छ ।जिल्लाको पश्चिम क्षेत्र सल्ले भन्ने स्थानमा गएराती जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गएराति साढे ८ बजेतिर पाचँपोखरी थाङपाल गाउँपालिकाको धापबाट भोताङ हिडेको लु १ च ९९९ नम्बरको जिप थाङपालकोट र थाङपालधापको सिमाना फ्याफुल्ला डाँडामा स्टार्ट बन्द भएपछि करिब ४०० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको खबर पाउँनसाथ तत्काल प्रहरी र स्थानीय बासिन्दाले घाइतेहरुको उद्धार गरेका थिए ।

इलाकाप्रहरी कार्यालय मेलम्चीका अनुसार भोताङका ७५ बर्षिय भिमबहादुर तामाङ, भोताङकै ५५ बर्षिया जयरामी तामाङ र ५३ बर्षिया नानी तामाङको घटना स्थलमै र ५६ बर्षिय बोधोम तामाङ र २५ बर्षिया सुनमाया तामाङको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । बिहीबार राति ८ः२० को समयमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ को सल्लेडाँडामा जिप दुर्घटनामा परेको हो । लु १ ख ९९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झण्डै ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइतेहरुको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि राति नै काठमाडो लगिएको थियो । बिरामीहरुको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ ।

दुर्घटनापछि घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको नाइट भिजन हेलिकोप्टर पुगेपनि खराब मौसमका कारण अवतरण गर्न नसक्दा फर्किएको प्रहरी प्रमुख पोखरेलले बताउनुभयो ।

पानी परेकाले बाटो बिग्रिएको र बेलुकाको समय भएकाले उद्धार कार्यमा समस्या भएको थियो । पाँचपोखरी थाङ्पाल गाँउपालिका ६ मा हिजो भएको जिप दुर्घटनाप्रति गहिरो दुःख ब्यक्त गर्दै सिन्धुपाल्चोक प्रतिनिधी सभा २ का सांसद एवंम कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पे्रस बिज्ञप्ती निकाल्नु भएको छ । विज्ञप्तीमा भनिएको छ– सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ६ मा २८ गते साँझ जिप दूर्घटना भएको खबरले दुःख लागेको छ ।

दूर्घटनाको खबर प्राप्त हुनासाथ हेलिकप्टरबाट उद्धार गर्ने हाम्रो प्रयास प्रतिकूल मौसमका कारण सफल हुन सकेन । तथापी सम्भव भएसम्म छिटो प्रक्रियाद्वारा काठमाडौं ल्याई उपचार भइरहेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दै मृतकहरुप्रति श्रदान्जलीका साथै शोक सन्तप्त परीवार जनमा समबेदना ब्यक्त गर्नुभएको छ । घाइतेहरुको उपचारका लागि आफुले सम्भब भएसम्मको सहयोग गर्ने पनि बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

त्यस्तै पाँचपोखरी थाङ्पाल गाँउपालिकाका अध्यक्ष टासि लामाले पनि प्रेस बिज्ञप्ती जारी गर्दै दुर्घटना प्रति गहिरो दुख ब्यक्त गर्नुभएको छ । दुर्घटनामा घाइते हुनेहरुको  सिघ्र स्वास्थलाभको कामना गर्नुका साथै परिवाजनमा धैर्यधारण को कामना गर्नुभएको छ । घाइतेहरुको उपचारमा पांचपोखरी थाङपाल गाउंपालिकाको तर्फबाट सक्दो सहयोग र साथ कृष्ण गोपाल तामाङ्गले जिल्लामा घटेको घटना प्रती दुख ब्यक्त गर्दै दूर्घटनामा मृत्यु हुनेहरुमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । त्यसै गरि ३नं प्रदेशका सामाजिक बिकाश मन्त्री युबराज दुलाल शरदले पनी घटना प्रती दुख ब्यक्त गर्दै दूर्घटनामा मृत्यु हुनेहरुमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। यसै बिच नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक थाङपाल गाउँपालिका सल्लेमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै सभापति देउवाले उक्त घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।घाइतेहरुको अबस्था बुभm्न चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख अमानसिंतामाङ्ग लगाएत जिल्लाका प्रमुख तथा सर्बसाधारणहरु अस्पताल पुगेका थिए ।