स्थानीय स्तरमा नै समस्या समधान गर्नु स्थानीय सरकारको पहिलो दाइत्व पुर्बमन्त्रीबस्नेत

स्थानीय बिकाशका कार्यक्रमहरुलाइ पारदर्शीताका साथ सम्पन्न गर्नु र स्थानीय स्तरमा नै नागरिकको समस्या समधान गर्नु नै स्थानीय सरकारको पहिलो दाइत्व भएको पुर्ब  सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेत ले  बताउँनु भएको छ ।

उँहाले उक्त कुरा सुनकोशीगाउँ सभाको उद्घाटन गर्दै बताउँनु भएको हो स्थानीय बिकाशका लागी स्थानीय सरकार भएको अनुभुती दिलाउँन आग्रह गर्दै सरकारले बहुमतको  बहानामा प्रजातन्त्र र लोकतन्त्र धरापमा पर्ने काम हुन लागेको र जनताका अधिकार  कुन्ठीत गरेर स्वतन्त्रताका बिरुद्ध सरका लागी रहे त्यसका बिरुद्ध काग्रेसले आन्दोलन गर्ने समेत बताउँनु भयो  ।  सुनकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट गाउँ सभामा प्र्रस्तुत गर्दै सातौ गाउँ सभा सम्पन्न गरेको छ । कुल ३५ करोड २ लाख ४४ हजार बजेट का साथ सुन्दर सुनकोशी,सम्वृद्ध सुनकोशी र सुखी सुनकोशी नारा तय गरेको गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रममा विभिन्न योजनाहरु समेत समावेश गरेको छ ।
गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेलले आगामी वर्षको लागि केन्द्र,प्रदेश र आन्तरिक स्रोतबाट खर्च गरिने गरी कुल ३५ करोड २ लाख ५० हजारको बजेट पेश गर्नु भएको थियो  ।चालु तर्फ २० करोड ८६ लाख र पुँजीगततर्फ १२ करोड ५५ लाख रुपियाँको बजेट गाउँपालिकाको रहेको छ । गाउँपालिका भित्र कृषिलाई आत्मनिर्भर बनाउने उदेश्यले मौरीको पकेट क्षेत्र बनाउने,कृषकहरुलाई यान्त्रीकीकरण तफ्ृ जोड दिने,एक घर पाँच फलफुल कार्यक्रम सञ्चालन गर्नै योजना अघि सारेको छ ।गाउँपालिका भित्रका सबै विद्यालयहरुमा खेल शिक्षकको व्यवस्था गर्नै,नमुना विद्यालय सञ्चालनका लागि पुर्वाधार तयार पार्नै,गाउँपालिका भित्रका उत्ृकष्ट शिक्षकहरुलाई १५ हजार सहित सम्मान गर्नै कार्यक्रम अघि सारेको छ । गाउँ पालिक भित्र पर्यटन व्यावसायलाईै विस्तार गर्नै उदेश्यले भ्यु टावर निर्माण गर्नै गाउँ पालिकाका नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।प्रत्येक वडामा एउटा सडक पहिचान गरेर चार वर्ष भित्र कालोपत्रे गर्नै,सिञ्चाइ खानेपानी लगायतका क्षेत्रमा गाउँपालिकाको नीति तथा कार्यक्रममा विशेष सम्बोन गरिएको गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले बताए । गाउँपालिकामा विपद हुन नदिन सर्तक रहने र कसैको विपदमा पर्ी निधन भएमा २०हजार रुपियाँ दिने पनि गाउँपालिकाले नीति बनाएको अध्यक्ष बिनोद जिसीले बताउँनु भयो ।

, ,