जिप्रकाबाट बिभिन्न आरोपित पक्राउ


जिल्ला प्रहरी कार्यलय सिन्धूपाल्चोकले  तिबतीयन नागरिकलाइ आफनो नियन्त्रणमा लिइ अध्याागमन बिभिागमा बुफाएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकको प्रमुख प्रहरी उपरिक्षक मोहन प्रसाद पोख्रेलका अनुसार कोदारी प्रहरी कार्यलय बाट खटिइएका प्रहरहिरुले श्राबण १गते राती  १०बजे चेक जाँचका क्रममा  शङ्का लागे पछी सोधपुछ गदाकोदारीमा लुकी छिपी रहेको  भेटिएकाले  प्रहरीले आफ्नो नियन्त्रणमा लिइ २गते अध्यागमन कार्यलय काठमाण्डौमा बुझाएको छ । यसरी पक्राउ पर्ने हरुमा तिबतको  बर्ष ३६का  लोफार्काे बर्ष २०का वाङ्गे र बर्ष २५का कुगा गरि तिन जना रहेका छन ।    यस सँगै जिल्ला प्रहरी कार्यलयले जिल्लामा शान्ती शुरक्षामा कुनै पनी  कारणले कमी हुन नदीनका लागी गाँउ गाँउमा सादा पोसाकका प्रही पनी परिचालन गरेको छ । सादा पोसाकका प्रहरी को परिचालनका कारण गाँउ गाँउमा हुने गुण्डागर्दीमा केही कमी आएको छ भने बिभिन्न  कर्तब्य गरि पक्राउमा पर्न पर्ने र कानुन बमोजिम संँजाय भोग्न पर्ने ब्यक्तीहरु समेत पक्राउ पर्न थालेका छन । प्रहरीको सक्रीयता कै कारण नगर भित्र जुवा खेलीरहेको अबस्थामा जुवा खेलाउँने र खेल्ने हरु पक्राउ परेका छन भने अबैध रुपमा उत्पादन भएका घरेलु मदिराको समेत उत्पादन तथा खुल्ला बिक्रीमा कमी आएको छ ।  उता  गाइ काटेर फरार रहेको चौतारा साँगाचोकगढी नगरपालीका वडा नं ३ का दिलीप लामालाइ पनी प्रहरीको टोलीले फेला पारेर नियन्त्रणमा लिएको छ । त्यसै गरि मेलम्ची प्रहरी कार्यलयबाट राती राती अबैध तरिकाले खोलाबाट बालुवा निकाली बित्र।ी गर्न लैजाँदै गरेको अबस्थामा एउटा ट्र्पिर र एउटा मिनी ट्र्क नियन्त्रणमा लिइ आबश्यक कार्बहीका लागी मेलम्ची नगरपालीकालाइ बुझाएको छ ।  मेलम्ची प्रहरी कार्यलयका इनीस्पेक्टर   परशुराम मल्लका अनुसार वडा नं १२मा पर्ने  इन्द्रावती खोलाको बाउन्नेपाटी नजीक अबैध रुपमा बालुवा निकालेर लोड गरिरहेको अबस्थामा गस्तीमा रहेका प्रहरीले नियन्ज्ञणमा लिएर आबश्यक कार्बहीका लागी बुझाएको हो । 

,