दुई वर्षभित्र नेपाल सिमेन्टमा आत्मनिर्भर


नेपाल दुई वर्षभित्र सिमेन्टमा आत्मनिर्भर हुने नेपाल क्लिंकर तथा सिमेन्ट उत्पादक संघले  बताएको छ । संघका अध्यक्ष पुरुषोत्तमलाल संघईले सोमबार बिज्ञेप्ती जारी गर्दै यस्तो बताउँनु भएको हो ।
संघले जारी गरेको बिज्ञेप्तीमा हाल सम्म नेपालमा भारतिय सिमेन्ट ९०÷९५% प्रतिस्थापन भैसकेको छ । तर नेपालमा  हालसम्म पनि करिव ३ मिलियन टन क्लिंकर भारतबाट आयातगरि नेपालका ग्राइन्डिङ्ग उद्योगहरुले सिमेन्ट उत्पादन गरी बिक्रि बितरण गरिरहेका छन् भनिएको छ । हाल नेपालमा ६ मिलियन टन क्लिंकर उत्पादन भैराखेको छ यस मध्ये २.५ मिलियन टन मध्य नेपाल देखि पुर्वि क्षेत्रमा छन् भने ३.५ टन प्रदेश ५ माचालु स्थितिमा छन् ।
अवनिर्माणको स्थितिमा रहेको र निर्माण भैसकेको (चालु हुनबाकि) क्लिंकर उद्योग मध्ये १.५ मिलियन टन मध्य नेपाल (प्रदेश ३) र पुर्वि नेपालको प्रदेश २ मातथा ५.५ मिलियनतनप्रदेश ५ मानिर्माणधिन रहेको छ ।
२ वर्ष भित्रमा कुल क्लिंकर उत्पादन क्षमता १३ मिलियन टन हुने त्यस मध्ये ९ मिलियन टन ५ नं प्रदेशमा हुने विज्ञप्तीमा भनिएको छ ।


, , , ,