किशोरीहरुलाईप्रशिक्षण

देबराज सुबेदी मेलम्ची
युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोकको समन्वयमा मेलम्ची नगरपालिका ६ तेस्र्रे मा.बि तालामाराङ मा खेलकुदमा महिलाको सहभागिता अन्र्तगतको किशोरीहरुलाई आत्मरक्षाको ३ दिने प्रशिक्षण तालिम आजबाट शुरु भएको छ ।
मेलम्ची नगरपालिका का प्रमुख डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा तेस्र्रे मा.बि र सरस्वति मा.बि ग्यालथुममा अध्यनरत  कक्षा ८,९ र १० का करिब १५० जना किशोरी हरुको सहभागिता रहेको छ । प्रशिक्षणमा सहभागि किशोरीहरुलाई युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्ले निशुल्क जर्सि, टोपि कपि र कलम समेत बितरण गरेको छ । किशोरीहरुमाथि आई पर्ने बिभिन्न समस्याहरुमा के कसरी आफ्नो  आत्मरक्षा गर्न सकिन्छ भनेर ३ दिनसम्म नेपाल आर्मि अफिसर्स क्लबका प्रशिक्षकद्धारा प्रशिक्षण गराईने जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोकका अध्यक्ष शिब देउजाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि अर्यालले समाजमा हुने महिला हिंसा र गलत क्रियाकलाप बिरुद्ध सबै संगठित भएर प्रतिबाद गर्नुका साथै किशोरीहरुले आफ्नो आत्मरक्षाको लागि पनि ब्यबहारीक ज्ञान हासिल गर्नुपर्ने मा जोड दिनुभयो ।