अविरल वर्षका कारण भोटेकोशीमा पहिरो


विना श्रेष्ठ÷बाह्रबिसे
भोटेकोशी गाउँपालिका–५, मार्मिङ चाकुबजार र झ्याले बीचमा रहेको मध्ये भोटेकोशी जलविद्युत आयोजनाको तल्लो चाइनिज क्याम्पको सुरुङ नजिक पहिरो गएको छ । अविरल वर्षाका कारण भोटेकोशीको वहाव बढेपछि पहिरो गएको हो ।

नदीको बहाव बढेपछि गएको पहिरोले सडक भत्किएर नदीमा मिसिएको छ । नदीको बहावले सडकमा क्षति पु¥याएपनि मानवीय क्षति भने नभएको स्थानीय हुमनाथ ढकालले जानकारी दिनुभयो ।
सडक भत्किएपछि स्थानीयलाई यात्रा गर्न असहज भएको छ । पटक पटक यस्तो क्षति हुँदा समय सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ । पुरानो सडक नभई भोटेकोशी जलविद्युत आयोजनाले सुरुङ निर्माण गर्दा ढुङ्गामाटो खन्याएर बनाएको सडक भएर खोलाले सजिलै भत्काएको स्थानीयको भनाई रहेको छ ।


,