क्षयरोग सम्वन्धी १ दिने अभिमुखिकरण कार्यक्रम चौतारामा

क्षयरोग सम्वन्धी १ दिने अभिमुखिकरण कार्यक्रम भएको छ । चौतारा सँँगाचोक गढी नगरपालकिा द्वारा आयोजित कार्यक्रममा औषधी व्यावसय तथा पोलिक्नीकका संञ्चालक तथा व्यवसायीहरुको सहभागीतरहेको थियो ।

चौतारा साँगाचोकगाढी नगर पालीका वडा नं.५ को सभाहलमा भएको अभिमुखिकरण  कार्यक्रममा क्षय रोगको पहिचान  र नियमित औषधी सेवन गर्ने लगाएत  बिषयमा केन्द्रीत रहेको थियो । सहभागीहरुलाइ  तथ्याङ्क अधिकृत जनार्दन न्योपानेले प्रशिक्षण दिनु भएको थियो ।  प्रशिक्षण दिदै न्योपानेले क्षयरोग को खतरा भनेको औषधी नखाएर वसेको विरामी औषधी खाँदा खाँदै छोडेको बिरामी रहेको बताउँनु भयो । औषधी खाँदा खाँदै छोडेको रोगीबाट सरेको रोग त्यही अवास्थमा सर्ने भएकोले  भmन खतरा हुने बताउदै सरुवा रोग लाग्नै नदिने तर लागी हाले पनी  उपाचर गरी हाल्नु पर्छ भन्नु भयो ।चौतार  सागाँचोक गढी नगर पालीकाका प्रमुख प्रशाशकिय अधिकृत इन्द्र प्रशाद वास्याललेसवै भन्दा लामो समय सम्मा रहेको क्षेयरोगको समयमा औषधी खाएर रोग निको पार्न सबै लाग्नु पर्छ भन्नु हुदै सबै औषधी व्यवसयीहरुले म्याद गुजे्रको औषधी नरख्ना र रखिएको पाइएमा कार्बहीको भागी हुन पर्ने बताउँनु भयो ।  उँहाले औषधी व्यवसायीले आधीकारीकता  साथै औषाधी विक्रेताको मापदण्ड पूरा गरेर मात्रऔषधी विक्री गर्नु हुन अनुरोध गदैे चौतारा सांगाचोकगढी नगरपालीकाले समयमा रोग उपचारका लागी नजीकको स्वास्थ्य कार्यलयमा सम्पर्क गरिहाल्न समेत अनुरोध गर्नू भयो ।
नगर स्वास्थ्य बिभागका शिपपुरी ले नगरका सबै नागरिकहरुले  क्षय रोग लागको शङ्का भएमा तुरुन्तै खकार जाचेर रोग छ की छैन भनेर परिक्षण गर्नुपर्ने वताउदै क्षेरोगको औषधी लिदा र खादा धेरै समय औषधी खानुपर्ने वताउनु भयाो कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख अमान सिँह तामाङले औषधी व्यवसयीहले मर्यादित ढङगले व्यवसाय गर्न पर्ने बताउँदै  सरकार द्धारा प्रतिबन्धीत औषधी विक्री नगर्न गरेको भए तुरुन्त बन्द गर्न अनुरोध गर्देै डाक्रको स्लिीप अनुसार मात्र औषधी दिने गरे राम्रो हुने बताउनु भयो क्षय रोगसरुवा रोग भएकोले पहिले रोगीले  ल्याएको रोग आफुहरुलाइ पनी सर्न सक्ने भएकाले यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । कार्यक्रमका सभापतको आशनबाट बोल्दै ५ नं वडाका वडाध्यक्ष नरमान श्रेष्ठले नगरका सबै नागरिहरुलाइ स्वास्थ्य सेवा पुरयाउने नगरको योजना रहेको बताउँनु भयो । 

,