नव पुस्तालाई सीप हस्तान्तरण कार्यक्रम


चन्द्रकला खत्री चौतारा सिन्धुपाल्चोकको चौतारामा जेष्ठ नागरीक तथा नव पुस्ता माझ वडा स्तरीय अभियान अन्तरगत सिप हस्तान्तरण कार्यक्रम गरिएको छ ।
चौतारा साँगाचोकगढि नगरपालिका–५ को आयोजनामा भएको कार्यक्रममा नगरभित्रका बाल क्लवमा आवद्ध बालबालिका र वडा भित्रका जेष्ठ नागरीकबिच अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा सहभागि बालिका सलोनि विस्वकर्माले समाजमा हुने बाल यौन हिंसा, दुब्यवहार, बेचविखन, अपहरण जस्ता कार्य रोक्न सबै जना लागीपर्नुपर्ने भनाई राख्नुभयो । वडा अध्यक्ष नरमान श्रेष्ठले पुराना पूस्ताबाट नया पूस्ताले ज्ञान सिप सिक्न सहज होस्र भनि अन्तरक्रीया आयोजना गरीएको बताउनुभयो ।
महिला विकास निरीक्षक नानिमैया बस्नेतले सिप हस्तान्तरण पुस्तापिज्छे हस्तान्तरण हुँदा समुदाएमा सकारात्मक बातावरण बन्ने बताउनुभयो ।

, ,