जिल्ला समन्वय समितिको सभा आइतबार


आइतबार चौतारामा  सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभा हुने भएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित माननिय कानुन न्याय तथा संसदीय  व्यवस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख अतिथ्यतामा हुन लागेको सभामा जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित पुर्वमन्त्री, माननिय अग्नी प्रसाद सापकोटा, राष्ट्रिय सभाका माननिय संसद सिगं बहादुर विश्वकर्मा  प्रदेश नं ३ को पर्यटन बन तथा वातावरण मन्त्री माननिय अरुण नेपाल प्रदेश नं ३ कै सामाजिक विकाश मन्त्री युबराज दुलाल शरद, माननीय शरेस नेपाल, माननिय निमा लामा ह्योल्मो, माननिय इन्द्रमाया गुरुङ, माननिय रमेशकुमार पौड्याल लगाएत माननियहरु तथा नगर तथा गाँउपालिकाका प्रमुख, उपप्रमुख लगाएत पदाधिकारीहरु राजनीति दलका नेता  तथा प्रतिनिधीहरुको उपस्थिती रहने भएको छ ।
जिल्ला समन्वय समितिले गत वर्ष गरेका कामहरुका बारेमा  छलफल र पारित गर्दै आगामी वर्षका लागी योजनाहरु प्रस्ताव गरेर  सभा सम्पन्न हुने भएको छ । 
समग्र नेपाल निर्माणको प्रकृयामा उत्पादन र उत्पादकत्व वृद्धी  गुणस्तरिय सेवाको माध्यमबाट अग्रगमनको युग तर्फ सिन्धुपाल्चोक भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको सभालाई महत्वका साथ हेरिएको छ ।