सीपमा आधारित तालिम समापन

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला लघु उद्यमी समुह संघको सहजिकरण तथा व्यवस्थापनमा १ महिने क्रिटल तालिम सम्पन्न भएको छ ।
क्रिटलको माला, पोते, चुरा औठी, बाला, कपालमा लगाउने धागो र फेव्रिकको माला,व्यज बनाउन नगरपालिका सेवा क्षेत्र भित्रका १६ जना  महिलाहरुलाई प्रदान गरिएको छ ।  घरैमा बसेर कम लगानीमा व्यवसाय संचालन गरि मनाङ्य आम्दनी गर्न सकिने तालिम आर्यआर्जनको लागि संचालन गरिएको थियो । 
यस तालिमको समापन चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ को वडा अध्यक्ष नरमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो  ।  तालिम प्रशिक्षण १ महिना सम्म  विना गुरुङले गर्नु भएको थियो । तालिमले रोजगारी सिर्जना  गरि  पारिवारिक आयमा वृदि गराउन सक्षम भएको कुरा तालिको सहभागि सम्झना नेपालीले बताउनु भयो । तालिम प्रभावकारी र उपलब्धीमुलक तथा सिकाइजन्य भएको नेपालीले बताउनु भयो ।
यसै गरि प्रमुख अतिथि वडा अध्यक्ष नरमान श्रेष्ठले कार्यक्रम स्थानीय स्तरमा रोजगारीको अवसर प्रदान गर्न आयोजित तालिमको समापन तथा व्यवसाय उद्घाटन भएको र निरन्तर व्यवसाय संचालन गर्ने ,बजारमा उत्पादनहरुको प्रवर्दन भई थप रोजगारीको सिर्जना गर्ने उद्यमीहरुलाई सामुहिक तथा व्यक्तिगत उद्योगलाई उद्योग स्तरउन्नति तथा विस्तारलाई रु ५० हजार  वडा कार्यालयबाट अनुदान उपलब्ध गराईने बताउनुभयो ।
आगामी दिनमा थप व्यवसाय  संचालनको लागि  नगरपालिको सहयोग गर्ने बताउनु भयो । यस तालिमा सहभागिहरुलाई खाजा, कच्चापदार्थ खरिद, हलभाडा र प्रशिक्षक शुल्क तथा अन्य खर्च गरि १ लाख ८ सय असी लगानीमा सम्पन्न गरिएको जिल्ला लघु उद्यमी संघको जिल्ला कार्यक्रम संयोजक विक्रम सुन्दासले जानकारी गराउनुभयो ।