शेर्पा गु्रप प्रोजेक्टको औपचारिक उद्घाटन

युवराज बस्नेत/

काठमाडौंको चुुच्चेपाटी स्थित एस. जि. प्रोजेक्ट अर्थात शेर्पा गु्रप प्रोजेक्टको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

धर्मगुरु डोल्पो बुुद्ध (रनाक टुल्कुु) रिन्पोछे लगायत शेर्पा ग्रुप प्रोजेक्टका जापान स्थित अध्यक्ष कर्पु शेर्पा र शेर्पा ग्रुप प्रोजेक्ट नेपालका अध्यक्ष आङकामी शेर्पाले संयुुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।


४ बर्ष अगाडी जापानमा कर्पुु शेर्पाले शुुरु गर्नुुभएको यो शेर्पा ग्रुुप प्रोजेक्ट नेपालमा भने २०७४ सालमा स्थापना भएको हो । नेपालको आर्थिक विकासमा टेवा पुु¥याउने उद्देश्यले स्थापना भएको यो प्रोजेक्टले नेपालको पर्यटन लगायत कृषि उत्पादनका विभिन्न खाद्य बस्तुुहरुलाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउने र अन्तराष्ट्रिय उत्पादनहरु नेपाल भित्र्याउने आयत निर्यातका कामहरु गर्ने छ । नेपाली कला र शिपलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउनका लागी र विभिन्न मुलुकका अन्तराष्ट्रिय कला र शिपलाई नेपालमा भित्राइ रोजगार सृजना गरि समृद्ध नेपाल निर्माणमा टेवा पु¥याउने लक्ष्य लिएको छ ।


पर्यटन तथा कृषिका विभिन्न क्षेत्रमा लगानि गरेर यसको उत्पादनलाई स्वदेश तथा अन्राष्ट्रिय बजारसम्म पुु¥याउने उदेश्यले संचालित यस शेर्पा ग्रुप प्रोजेक्ट नेपालका अध्यक्ष आङकामि शेर्पा लामो समयदेखि पर्यटन व्यवसायमा लाग्नुु भएका पर्यटन व्यवसायि हुन त्यस्तै गरी नेपाली भूमिको सिन्धुपाल्चोक जिल्लामा जन्मिएर जापानमा निकै लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न हुुँदै आउनुु भएका व्यवसायी कर्पु शेर्पा ले बताउनुभयो ।

शेर्पा ग्रुप प्रोजेक्टको विषयमा विभिन्न व्यक्तिहरुसँग छलफल गर्दै यसले स्वदेश तथा विदेशमा रोजगारको सृजना गरी देशको आर्थिक विकासमा सहयोग पुुग्ने अध्यक्ष आङकामी शेर्पाले बताउनुभयो ।

,