स्थानीयले गरे मध्ये भोटेकोशीमा अनिश्चितकालिन तालावन्दी

सिन्धुपाल्चोकमा निर्माणधिन रहेको १०२ मेगावाटको मध्यभोटेशी जलविद्युत आयोजनामा स्थानीयले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
गाती, मार्मिङ, मानेस्वारा, लिस्ती लागएतमा मध्यभोटेकोसी जलविद्युत आयोजनाले सम्झौता भए अनुसारको काम नगरेको भन्दै स्थानीयले तालाबन्दी गरेका बाह्रबिसे नगरपालिकाको प्रमुख निमफुन्जो शेर्पाले बताउनुभएको छ ।
कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी लगाइएको छ । मंगलबारदेखि  मध्यभोटेकोशी १०२ आयोजनाका बाहिरी कामहरु सबै बन्द भएका छन् । बाह्रबिसे वडा नं ६ का कुमार श्रेष्ठलाई रिहा नगरे सम्मका लागी बाहिरी काम पनि बन्द गरेका  प्रमुख शेर्पाले बताउनुभयो ।
शेर्पाले आयोजना आफैले गरेको निर्णयलाई कार्यान्वयन नगरेको, जथाभावी बालुवा निकालेर खोलालाई कुरुप बनाएको जताततै  तहस–नहस पार्ने गरेको, स्थानीयलाई सम्झौता अनुसार काम नदिएको बताउदै यस सम्बन्धमा पटक–पटक नगरपालिकामा बैठक बोलाउँदा नआएको आयोजनालाई बैठक बोलाउन अनुरोध गर्दा समेत नबोलाएको हुँदा यो समस्या आएको बताउँदै समस्या समधान गर्न आयोजनाले स्थानीयसहित बसेर छलफल गर्नुपर्ने बताउनुभयो ।
निर्माणधिन १०२ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाले आयोजनना प्रभावित साविकको पाँच गाविसमा स्थानीयहरुलाइ काम दिने र संरचना निर्माण गर्ने सम्झौता भएको तर  स्वास्थ्य चौकी, विद्यालय लगायतका भौतीक संरचना निर्माणका लागि आह्वन गरेको ठेक्कामा धाधली भएको भन्दै   आयोजनाको सम्पुर्ण काम अनिश्चितकालका लागि बन्द गराएका छन् । भोटेकोशी गाँउपालकिाको मार्मीङ्ग स्थित चाकु बजारमा रहेको स्वास्थ्य चौकीको भबन निर्माण तथा आयोजना स्थलमा पर्खाल लगाउँनका लागी आह्वान गरिएको सार्बजैनिक ठेक्काको टेण्डर भर्ने क्रममा २ पक्ष बिच भिडन्त भए पछी प्रहरीले शान्ती सुरक्षा कायम राख्नका लागी  बिषेश सतर्कताका  अपनाएको  प्रहरीले बताएको छ ।
आयोजनाले टेण्डर आह्वान गरे पछी  मापदण्ड पुगेका सबै खाले  ठेकदारहरुले टेण्डर हाल्न पाँउने भएकाले  एक पक्षले नदीएको भने पछी कानुन बमोजिम सबैलाइ समान  अधिकार दिलाउँनका लागी   प्रहरी परिचालन गरिएको   थियो । बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकाको साविकको मार्मिङ का वडा समेतका जनप्रतिनिधिहरुको अगुवाइमा आयोजना बन्द गर्न गरिएको हो  ।  यसका लागी  सघर्ष समिति समेत बनेको छ ।
प्रमुख जिल्ला अधिकारी र आयोजन प्रमुखको कमिशनका खेलले यो समस्या देखीएको बाह्र्बिसे नगरपालीकाका प्रमुख निमफुन्जे शेर्पाले  बताउँनु भएको छ भने  आफू प्रमुख जिल्ला अधिकार
किो हैसियतले सर्बसाधरण देखी ठुलाबडा सबैलाइ समान गर्न पर्ने भएकालेकानुन बमोजिम काम गर्न पर्दा चित्त नबुझने पक्षले लगाउँने गरेको आरोपमा कुनै सत्यता नहुने प्रजिअ आश्मान तामाङ्गले बताउँनु भएको छ ।
उहाँले  जिल्लाको  नागरिकको सुरक्षाका लागी आफूले गर्नुपर्ने काममा कुनै पनि कन्जुस्याइ नगरेको र आगामी दिनमा पनि नगर्ने बताउँदै जिल्लाको सुरक्षा स्थितिलाई मजबुद बाउँने काममा कही कसैले पनि अवरोध गर्न गराउँन नहुने समेत प्रजिअले बताउनुभयो ।
उहाँले  ठेक्का रद्ध गर्ने नगर्ने अधिकार आयोजनासँग हुने हुँदा यस सम्बन्धमा आयोजनाले नै निर्णय गर्ने बताउनुभयो ।  यस सम्बन्धमा आयोजना प्रमुख मणीराम काफ्ले सँग ०१४७२१६४१ मा सम्पर्क राख्न खोज्दा  कार्यालयमा सम्पर्क हुन सकेन ।

,