सिन्धुपाल्चोक नमुना जिल्ला पर्ने मन्त्रीतामाङ

सिन्धुपाल्चोकलाई नमुना जिल्लाको रुपमा विकास गर्न लागिएको सङ्घीय मामिला तथा कानुन मन्त्री माननीय शेरबहादुर तामाङले बताउनु भएको छ ।


उहाँले जनताको चाहना अनुसार स्थानीय विकास निर्माण तथा समृद्धिको लागि सरकारले विभिन्न लोकप्रिय कार्यक्रमहरु गर्न खोज्दा केही पक्षहरुले विरोध गर्न खोजे पनि त्यसले सार्थकता नपाउने बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपािलकाको चौथो नगर सभाको उत्घाटन गर्दै उहाँले बजारमा हल्ला भएजस्तो सामाजिक सुरक्षा भत्ता कटौती होइन, ने.क.पाको चुनावी घोषणा पत्रअअनुसार यही सरकारको पालामा ५ हजार पु¥याएर देशको नागरिकलाई  सम्मान गर्ने बताउनु भयो । जिल्ला को पहिचान र समृद्धिको लागि निर्वाचित जनप्रतिनिधिहरु सबैले सचेत भएर काम गर्नु पर्ने बताउनु हुँदै केही निर्वाचित स्थानीय सरकारका जनप्रतिनिधिहरु बाट यो मेरो र तेरो भन्ने गरेको आफुका गुनासको आईपुगेकोले यदि कसैवाट त्यस्तो भएको भए  त्यसलाई तुरुन्त रोकेर सबैलाई समान व्यवहार गर्नु पर्ने बताउनु भयो । विगतमा भएको नकारात्मक सन्देशलाई चिर्दै अव सिन्धुपाल्चोले सकारात्मक ढंगले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सिन्धुपाल्चोक पहिचान राख्न सबै अगाडि बढ्न पर्ने बताउनु भयो । जिल्ला समन्वय समतिका प्रमुख कृष्ण गोपाल तामाङले समग्रमा स्थानीयन सरकार असफल बनाउनको निमित्त जनप्रतिनिधिहरुलाई विभिन्न बहानामा फसाउन खोजिएको आफुले मसशुस गरेको हुँदा जनप्रतिनिधिहरुले होसियारी साथ कामक गर्न पर्ने बताउनु भयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य पुर्व माननीय दावा तामाङले स्थानीय स्रोत र साधलाई  परिचालन गरेर जिल्लामा रहेका पौराणिक र सांस्कृतिक सम्पदालाई संरक्षण गरेर पर्यटकको विकास  गर्नु पर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी असमान तामाङले लोकतन्त्रमा कर्मचारी तथा जनप्रतिनिधिहरु एक अर्कामा गहिरो सम्बन्ध हुने भएकोले जनप्रतिनिधहरुलाई काम गर्नकोनिमित्त सहजीकरण गर्दे अगाडि बढ्न पर्ने बताउनु भयो । उहाँले पुर्ननिर्माण्काको समयमा पुर्ननिर्माणका समाग्रीहरु अभाव हुन नदिनको लागिसरकारले आवश्यक पहल गर्नु पर्ने समेत बताउनु भयो । नेकपाका यज्ञ सापकोटाले राजनैीतक तवरवाट गर्न पर्ने सहयोग गर्न तयार रहेको बताउँदै  निति तथा कार्यक्रम र योजनाहरु सम्पन्न गर्नको निमित्त सबैमिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो । नेपाली काँग्रसका जिल्ला पार्टी सचिव विलबहादुर तामाङले समग्रमा योजना जनमुखि भएको भए पनि कार्यन्वयनमा भर पर्ने बताउँदै यसको कार्यान्वयनले कत्तिको सफलता पाउँछ, त्यतातिर धयन पु¥याउन पर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघका सचिव  दिनेशथापाले समग्रमा सञ्चार क्षेत्र विकासको लािग विगतको वर्षमा भन्दा यस वर्ष केही प्रोत्साहन गरिएको देखिएकोले त्यसप्रति प्रशंसा गर्दे पुर्ननिर्माण्को समयमा आवश्यकता अनुसार गिट्टी बालुवा लिन जाँदा भुकम्प पिडितले नपाउने तर रातारात स्काईभेटरबाट गिट्टी बालुवा झिकेर व्यापार गर्न पाईने यो कस्तो निति हो भन्दै पुर्ननिर्माणमा आवश्यक पर्ने साम्रागी सहजत गर्नु पर्ने बताउनु भयो । पुर्व सांसद कृष्णराज श्रेष्ठले स्थानीय स्तरमा उत्पदान हुने कृषि खाद्यान्नलाई संरक्षण गर्दे त्यसवाट उत्पादन हुने चिजहरु प्रतिवन्द लगाउँदा कृषि उत्पादनमा ह्रास आउने हुँदा जिल्लामा उत्पादन भएका सामाग्रीहरुलाई व्यवस्थित गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा गैरसरकारी महासंघका तर्फवाट बोल्दै सोम सापकोटाले कार्यक्रमको कार्यान्वयनमा ध्यान दिएर सफलतापुर्वक र पारदर्शी ढंगले यो निती तथा बजेट कार्यक्रम कार्यान्वयनमा जोडादिनु भयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशाशसकिय अघिकृत ईन्द्रबस्यालले विगतका अनुभवहरुलाई समेत बटुलेर नगर परिषदले निती तथा कार्यक्रम र बजेटको व्यवस्था गरेको हुँदा यो निती तथा कार्यक्रम कार्यान्वयन गर्नका लागिसबै सहयोग हुने विश्वास गर्नुभयो । उहाँले सर्वसम्मत ढंगबाट यो निती तथा बजेट तर्जुमा भएको हुँदा यो पुर्णरुपले सफलता हुने भएको आगामी साउनको पहिलो हप्तादेखि नै उपभोक्ताहरुलाई प्रशिक्षण दिँदै बजेटको कार्यान्वयनको सुरुवात गरिने बताउनु भयो ।
कार्यक्रममा नगर उप–प्रमुख जानुका पराजुलीले  रु. ८६९,२२५,०००।– (अक्षेरुपी छयासी करोड बयानव्बे लाख पच्चिस हजार मात्र)  को बजेट प्रस्तुत गर्दै नगरपालिकाको योजनाहरु प्रस्तुत गर्नुभएको थियो । वडा नं ५ वडा अध्यक्ष नरमान श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन गर्दे नगर प्रमुख अमानसिं तामाङले आफुहरु जनताको नोकर भएको र जनता आफ्नो मालिक भएकोले , मालिकलाई खुसी बनाउनको निमित्त जनताको चाहना बमोजिम काम गर्ने प्रतिबद्धता जनाउँदै सबै वडा अध्यक्ष ज्युहरुलाई पनि सोही अनुसार जनताको सेवा गर्न अनुरोध गर्नु भया े ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.