सूचनाको हकसम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न


काठमाडौं, असार २२÷नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले राजधानीमा सूचनाको हक संरक्षण, सम्बद्र्धन र प्रचलनसम्बन्धी एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । राजधानीस्थित सञ्चार केन्द्र नेपालको साक्षात्कार कक्षमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सूचनाको हकसम्बन्धी नमिलेका कानूनलाई सूचनाको हकका विज्ञहरुबाट आएको सूझावहरुको आधारमा प्रचलित ऐन संशोधन गराउन सरकार तयार रहेको जानकारी दिनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्ण्हरि बास्कोटाले सूचनाको हकसम्बन्धी नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै अन्तर्राष्ट्रिय स्तरमा भएको अभ्यासको बारेमा प्रष्ट पार्नु भयो । उहाँले सूचनाको हकसम्बन्धी सुधार गर्नु पर्ने बुँदाहरुमा ध्यान दिन कानुनमन्त्री तामाङलाई आग्रह गर्दै नेपाली आमसञ्चार क्षेत्रले सूचनाको हकसम्बन्धी सञ्चार गर्दै आएकोमा खुलेरै प्रशंसा गर्नूभयो ।
कार्यक्रममा काठमाडौं जिल्लाका प्रमूख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचनाको हकको प्रयोग उचित रुपमा हुन नसक्दा सरकारको प्रशासनिक संयन्त्र सञ्चालनमा अप्ठेरो पर्ने गरेको उदाहरण पेश गर्नूभएको थियो । उनका अनुसार सूचनाको हक कानूनले दिएको भन्दै नागरिकहरुले आपूmसँग असम्बन्धित जानकारी लिन आउने काम गर्दा प्रशासन सञ्चालनलाई चुनौति पैदा हुने गरेको बताउँनुभयो ।
त्यसैगरी समारोहका अर्का अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलले राज्य जनताको करबाट चल्ने हुनाले नागरिकहरुलाई सूचनाको हक कानूनले नै स्पष्ट गरेकोले यसको पहुँच सुनिश्चित गर्न सरकारले दाह्रा किट्न नहुने धारणा राख्नुभयो । उपाध्यक्ष पोखरेलले सूचनाको हक प्रयोग गर्दा आपूmसँग असम्बन्धित सूचनामा कुनै पनि नागरिकले चासो राख्न नहुने बताए । त्यसैगरी नेपाल प्रेस काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व अध्यक्ष गोविन्द चौंलागाईले सूचनाको हकलाई सुव्यस्थित गर्न सकिएन भने यसले नकारात्मक सन्देश दिने बताउँनुभयो ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा आबद्ध पत्रकार लक्ष्मण बजगाईद्वारा लिखित राजेन्द्र सुवेदीले प्रकाशन गरेको ३  कथा कृतिहरु प्रमूख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले एकैसाथ विमोचन गर्नूभयो । कथाकृतिहरु ‘रातो मुख’, ‘घरदैलो’ र ‘चट्पटे’ विमोचित भएका हुन् । त्यसैगरी सोही कार्यक्रममा महासंघ काठमाडौं शाखाकी पूर्व कार्यसमिति सदस्य रेणुका भट्टराईकी सुपुत्री सुधा पाल्पालीद्वारा रचित कविता संग्रह ‘कमिलाको मातृभूमि’को पनि मन्त्री तामाङले विमोचन गर्नुभएको थियो ।
उक्त समारोहमा नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेशको निर्वाचनमा उल्लेखनीय योगदान पु¥याउने पत्रकारहरुलाई कदरपत्र पनि वितरण गरिएको थियो । यसरी प्रंशसापत्र प्राप्त गर्नेहरुमा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य रामहरि शिलवाल, नेपाल प्रेस युनियनकी उपभाध्यक्ष बाला अधिकारी र पत्रकार करुण अर्याल रहेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम विडारीको अध्यक्षता आयोजित उक्त कार्यक्रममा उपाध्यक्ष सीता पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सचिव मोहन पन्तले सञ्चालन गर्नूभएको थियो । कार्यक्रम राष्ट्रिय सूचना आयोगको सहकार्यमा सम्पन्न गरिएको थियो ।

, ,