पहिरोको कारण जिल्ला प्रभावित

देबराज सुबेदी वर्षाका कारण मेलम्ची नगरपालिका ८ क्यौरानीमा पहिरोले बाटो बन्द भएपछि बैकल्पिक बाटो निर्माण गरिएको छ ।
असार चौबिस गते रातीदेखि गएको पहिरोमा अझै पनि ढुङ्गा खस्ने क्रम जारी रहेकोमा हिजो अपरान्ह ४ बजेर १५ मिनेटमा अझै ठूलो पहिरो गएको बैकल्पिक बाटो निर्माणमा खटिनुभएका नगरपालिका ८ का वडा अध्यक्ष ठंकराज गिरीले जानकारी दिनुभयो ।
पानी परेको बेला अहिले पनि पहिरो भर्ने भएकोले पैदल हिँड्न समेत जोखिम बढेपछि बैकल्पिक बाटो निर्माण गरेको हो । मेलम्चीबाट दाउचेत हुँदै क्यौरानी ककनी तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका १ बाँसखर्क हुँदै बरुवा तथा आमायाङ्री जोड्ने मोटरबाटोको घट्टेखोला नजिकै बंगारेको भिरमा पहिरो गएपछि बाटो बन्द भएको हो ।
त्यतिबेला ठूला ठूला ढुङ्गा झरेर बाटोमा बसेपनि मानिस आवतजावत गर्न त्यति समस्या भएको थिएन । अहिले करिब ५० मिटर लामो पहिरो गएको र बाटो ढुङ्गै ढुङ्गाले भरिएको र पैदल हिँड्न समेत समस्या हुँदा सामेत स्थानीय जोखिम मोलेरै हिँड्न थाले पछि आवतजावत गर्न सजिलो होस भनी बैकल्पिक बाटो बनाएको मेलम्ची नगरपालिका वडा अध्यक्ष गिरीले बताउनुभयो ।
उक्त सडकखण्ड केही समय अघि मात्रै बिस्तारको काम भएको थियो । बाटो बिस्तारका करण सडकको भित्तामा रहेको पहराहरु हल्लिएका कारण अहिले त्यसरी ठुलो पहिरो गएको अनुमान गरिएको छ । बाटो बिस्तार पछि उक्त सडकखण्डमा करिब २० ठाउँमा कटान गरिएको सडकको भित्ता भत्किएको छ । पहिरोका कारण बाटो बन्द भएपछि बाँसखर्कका तल्लो भेग र क्यौरानीका स्थानीय मारमा परेका छन् ।क्यौरानीमा पहिरोले बाटो बन्द भएपछि बैकल्पिक बाटो निर्माण, बैकल्पिक बाटोबाट हिँड्न वडाध्यक्षको आग्रह
वर्षाका कारण मेलम्ची नगरपालिका ८ क्यौरानीमा पहिरोले बाटो बन्द भएपछि बैकल्पिक बाटो निर्माण गरिएको छ । असार चौबिस गते राती देखी गएको पहिरोमा अझै पनि ढुङ्गा खस्ने क्रम जारी रहेको मा आज अपरान्ह ४ बजेर १५ मिनेटमा अझै ठूलो पहिरो गएको बैकल्पिक बाटो निर्माणमा खटिनुभएका नगरपालिका ८ का वडा अध्यक्ष ठंकराज गिरीले जानकारी दिनुनुभयो । पानी परेको बेला अहिले पनि पहिरो भर्ने भएकोले पैदल हिँड्न समेत जोखिम बढेपछि आज बैकल्पिक बाटो निर्माण गरेको हो । मेलम्चीबाट दाउचेत हुँदै क्यौरानी ककनी तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका १ बाँसखर्क हुँदै बरुवा तथा आमायाङ्री जोड्ने मोटरबाटोको घट्टेखोला नजिकै बंगारेको भिरमा पहिरो गएपछि बाटो बन्द भएको हो । उक्त स्थानमा यस महिनाको सुरुमा पनि पहिरो गई बाटो बन्द भएपछि डोजर लगाएर पुनः सञ्चालनमा ल्याएको थियो । तर आज ठुलो पहिरो गएकोले बाटो खुलाउन धेरै अप्ठ्यारो रहेको वडा अध्यक्ष गिरीले बताउनुभयो ।
त्यतिबेला ठूला ठूला ढुङ्गा झरेर बाटोमा बसेपनि मानिस आवतजावत गर्न त्यति समस्या भएको थिएन । अहिले करिब ५० मिटर लामो पहिरो गएको र बाटो ढुङ्गै ढुङ्गाले भरिएको र पैदल हिँड्न समेत समस्या हुँदा सामेत स्थानीय जोखिम मोलेरै हिँड्न थाले पछि आवतजावत गर्न सजिलो होस भनी बैकल्पिक बाटो बनाएको मेलम्ची नगरपालिका वडा अध्यक्ष गिरीले बताउनुभयो ।
“पहिरो निकै ठूलो भएकोले मान्छै हिँड्न सक्ने अवस्था नभएको र नागरिकलाई हिँडडुल गर्न सहज होस भनेर बैकल्पिक बाटो बनाएको र पहिरोमा स साना ढुङ्गा झरिरहेकोले सचेत भएर हिड्न सबैलाई आग्रह गर्नुभयो । बैकल्पिक बाटो बनाए पनि पानि परेर खोलामा बाढी आउँदा हिँड्न नमिल्ने भएकोले एकदमै ख्याल गरेर हिँड्न पनि उहाँले जानकारी दिनुभयो ।
उक्त सडकखण्ड केही समय अघि मात्रै बिस्तारको काम भएको थियो । बाटो बिस्तारका करण सडकको भित्तामा रहेको पहराहरु हल्लिएका कारण अहिले त्यसरी ठुलो पहिरो गएको अनुमान गरिएको छ । बाटो बिस्तार पछि उक्त सडकखण्डमा करिब २० ठाउँमा कटान गरिएको सडकको भित्ता भत्किएको छ । पहिरोका कारण बाटो बन्द भएपछि बाँसखर्कका तल्लो भेग र क्यौरानीका स्थानीय मारमा परेका छन् ।




, ,