बजेट बितरणका लागी होइन आबश्यकताका लागी हो बंशलाल

लोकप्रिय रिर्पोटर

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालीकाको तेस्रो सभा बिभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

२८ करोड त्रियानब्बे लाख त्रिचालीस हजार ५२.५ प्रतिशत पुँजीगतमा र ३० करोड ९७ लाख चौतिस हजार ४७.९५ प्रतिशत चालु तर्फ गरि जम्मा ५९ करोड ९० लाख ७६ हजारको बजेट सार्बजनिक गरिएको हो ।
यसै सन्धर्भमा सोमबार  गाउँसभा बाट पारित निती तथा कार्यक्रमको  सार्बजनिक गरिएको छ ।
गाउँपालीकाका प्रमुख बंशलाल तामाङ्गले विकासका बजेट वितरणमुखी होइन आवश्यकता मुखी हुन पर्ने बताउँदै एक समारोहका बिच बार्षिक निती तथा कार्यक्रम सार्बजनिक गर्नु भएको हो । यस सँगै शिक्षा ऐन २०७५ न्यायिक ऐन २०७५ विनियोजन ऐन २०७५, अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि लयायतका ऐनहरु समेत अनुमोदन गरी सार्वजनिक गरिएको छ ।
निती तथा कार्यक्रमका साथै बार्षिक बजेट सार्बजनिक समारोहमा गाउँपालकिाका लेखापाल निरन्जन राज खनाल लगायत कर्मचारीहरुलाइ सम्मान समेत गरिएको थियो ।
सम्मानीत हुनेहरुमा लेखापाल निरन्जन राज खनाल प्राबिधिक कर्मचारी तर्फ नबराज सिलवाल, सामाजीक परिचालिका तर्फ रबिना खोकाली  कार्यालय सहायक तर्फ डुम बहादुर बिक र टुकुन खड्का र कार्यालय सहयोगीमा रामशरण दनुवार रहनु भएको छ । कार्यक्रममा सहभागिहरुलाई प्रमुख प्रशासकिय अघिकृत विनोद रोक्काले स्वागत गर्नु भएको थियो ।
यसरी निती तथा कार्यक्रमको सार्बजनिकीकरण कार्यक्रममा कर्मचारीलाइ सम्मान गरिएकोमा  कर्मचारीको मनोबल बढ्ने हुँदा यस्तो कार्यको थालनी गरेकामा इन्द्रावती गाँउपालीकाका प्रमुख लगाउत सबेैलाइ  स्थानीयले राम्रो कामको शुरुवात भएको भनेर प्रशंसा समेत गरेका छन् । 

, ,