सिपाका न्यायधिश र प्रजिअको बिदाइ
नेत्र बहादुर बस्नेत चौतारा
कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले बिहीबार जिल्लाका दुइ प्रमुखलाइ बिदाइ गरेको छ ।
त्यस्तै चौतारा साँगाचोक गढी नगर पालकिाको प्रमुख अमान सि तामाङ्गले आफुले जिल्लामा रहेर काम गर्दाका समयमा दुबै जना परिबारका सदस्य भएको महशुस गरेको र खाश गरिकन जिल्लामा तामाङ्ग प्रजिअ हुँदा सिङ्गो तामाङ्गबासीको शिर उच्च रहेको बताउँनु भयो । कार्यक्रममा बोल्दै जिल्ला न्यायधिश दिपक खनालले सार्बजैनिक स्थानमा बसेर चिया खाँदा तथा सामान्य कुराकानी गर्दा पनी नराम्रो आरोप खेप्न पर्ने भएकाले प्राय अदालतका माननिय न्यायधिसहरुले कार्य कक्ष तथा कार्यरत अबस्थामा सार्बजैनिक नागरिकहरु सँग हेलमेलमा नरहने गरेको बताउँदै आफैलाइ परेको समस्या भएकोले यस तर्फ समेत सजग रहेर काम गर्न पर्ने भएको ले यस्ता पदमा रहेर काम गर्न समस्या हुने मुद्धामा पक्ष बिपक्ष दुबैको पक्षमा निर्णय दिन नसकिने कानुनमा लेखिएका कुराहरुलाइ कसैले पनी रोक्न नहुने कानुन भन्दलान माथी कोही पनी नहुने भएको हुँदा सबै नागरिकले यस तर्फ पनी ध्यान दिन पर्ने बताउँनु भयो ।
उँहाले सिन्धुपाल्चोक जिल्लामा रहेर काम गर्दाका समयमा सबै पक्षबाट सहयोग प्राप्त भएकै कारण आफुले पनी स्थानीय निर्बाचन का कारण समय ब्यस्तता रहँदा पनी १४ महीना भन्दा बढी समयका सबै मुद्धाहरु को किनारा लगाएको बताउँनु भयो । उँहाले सिन्धुपाल्चोक बास्तबमा नै रमणीय जिल्ला रहेको बताउँदै यहाँको हरेक दृश्यहरु हेरिरहने लायकाको रहेको बताउँनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले सिन्धुपाल्चोक जिल्लामा आएर आफुले प्र जिअको हैसियतबाट काम गर्दा भोगेका अनुभब र जिल्लाका नागरिकहरु, बिभिन्न राजनितीदलका नेता तथा कार्यकर्ताहरु सबै पक्ष ले गरेको सहयोगका बारेमा प्रशंसा गर्दै आगमी दिनमा पनी सिन्धुबासीको लागी आफुले आफ्नो ठाँउबाट गर्न सक्ने सहयोग गरिरहने बताउँनु भयो उँहाले जिल्लामा रहदा कार्यसम्पादनमा सहयोग गर्नुहुने माननीय मन्त्री, पूर्व मन्त्री, माननीय सासंद, राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख,स्थानीय सरकारका लगायतका सबै जनप्रर्तििनधीहरू, लगायत सबै सबै कार्यालयका सबै कर्मचारी साथिहरू, पत्राकार मित्रहरू, गैरसरकारी तथा निजी क्षेत्रका व्यक्तित्वहरू लगायत सम्पर्ण सिन्धुपाल्चोक का जनताहरूमा धन्यवाद सहित आभार ब्यक्त गर्नु भयो ।
कार्यक्रमका सभापतित्व गरिरहनु भएका कर्मचारी मिलन केन्द्रका अध्यक्ष कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख कोष नियन्त्रक लक्ष्मी प्रसाद निरौलाले सिन्धुपाल्चोकमा प्रशासन र जन प्रतिनीधीले एक अर्कामा हुन पर्ने सदभाब कायम राखेर गरेको कामको प्रशंशा गर्दै चौतारा सँँगाचोक गढी नगरपालीकाबाट कर्मचारी मिलन केन्द्रको कार्यलय ब्यबस्थापनका साथै हरेक कार्यक्रममा आर्थीक सहयोग गरे पछी देशैभर स्थानीय सरकारबाट सहयोग हुन थालेकोमा नगर प्रमुख अमानसिं तामाङ्ग लगाएत नगरपालीका परिबार तथा सम्बन्धीत सबेैप्रती आभार समेत प्रकट गर्नु भयो ।
जिल्ला सम्मन्वय समितीका शाखा अधिकृत युगबबहादुर खड्काले संञ्चालन गर्नु भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलयका कर्मचारी प्रमुखहरुको उपस्थिती रहेको थियो ।
कोलेनिकाद्धारा पनी मायाँको चिनो प्रदान
यसै बिच कोष तथा लेखा नियन्त्रण कार्यलयले पनी प्रजिअलाइ कार्यलयमा नै बिदाइ गर्नुका साथै सिन्धुपाल्चोकको माँयाको चिनो प्रदान गरेको छ ।