भैसी गयो खोलै खोल” बजारमा


आर पोखरेल,नेपाली लोक गीत संगीतमा निकै रुचाइएका गायक तिलक ओली र गायिका करिष्मा डिसीको  तिजको लोक कोशेली “भैसी गयो खोलै खोल” गीतको भिडियो भखरै बजारमा आएको छ । नेपाली लोक सस्कृतिको सरक्षण गर्दै आएको गामवेसी म्युजिक प्रालीको प्रस्तुतिमा  डेनु ओलीको सो गीत अहिले सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।


तिलक ओलीको शब्द तथा मौलिक लय सिर्जना र एरेन्ज गीतमा रहेको छ । तीज गीत भएकाले आम दर्शक तथा स्रोताको माग अनुसार नै गितको शब्द तथा तय सिर्जना गरेको गायक ओलीले बताए ।  भिडियोलाई गोविन्द विवसको छायाँकन , प्रेम कुमार थारुको सम्पादन रहेको छ । गीतको भाव अनुसार जिवन्त अभिनय गोविन्द विवस , रिना थापा मगर को रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन गोविन्द विवसले गरेका छन ।

, , ,