काभ्रेको बिभिन्न नगर तथा गाउँसभाहरु शुरु


लोकप्रियरिपोर्टर काभ्रेको पनौती नगरपालिकाको नगरसभा सुरु भएको छ । सभामा नगर प्रमुख भिम न्यौपानेले आर्थिक वर्ष २०७५÷२०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् भने उपप्रमुख गिता बञ्जाराले आय ब्यय सहितको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै न्यौपानेले सार्वजनिक क्षमता विकास तथा सुशासन तर्फ नागरिक तथा सेवाग्रहिहरुलाई सर्वसुलभ ढंगबाट सेवा प्रदान गर्ने, सार्वजनिक यातायातका साधनमा टिकट लागु गर्ने, वसपार्ककको बैकल्पिक ब्यवस्था गर्ने, सहकारीको नियमन, अनुगमन र संरक्षण गर्ने, सार्वजनिक सम्पति उपयोग तथा संरक्षण गर्ने, प्राकृतिक श्रोत तथा वातावरण संरक्षण गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताए ।
यस्तै प्रत्येक वडामा एक खेलमैदान निर्माण गर्ने, नगर गुरु योजना निर्माण गर्ने,  विपद् ब्यवस्थापन ऐन निर्माण गर्ने, एम्बुलेन्स र दमकलको ब्यवस्था गर्ने, संस्कृति सम्पदाको संरक्षण गर्ने लक्ष्य लिईएको उनले बताए छ । त्यस्तै नगरपालिकाले योजना फरफारक तथा पेश्की बेरुजु असुलीलाई प्राथमिकताका साथ अगाडी बढाउने योजना बनाएको छ । त्यस्तै नगर उपप्रमुख गिता बञ्जाराले कर तथा दस्तुरको संकलित अवस्था र सम्भावना, राजश्व सुधार योजना लगायातका विषयहरु प्रस्तुत गर्दै ९२ करोड ३८ लाख १० हजारको आय ब्यय प्रस्तुत गरेकी छिन् । यसैबिचकाभ्रेको नमोवुद्ध नगरपालिकाको नगरसभा आज सम्पन्न भएको छ । नमोवुद्धको नगरसभा यही असार १० गतेबाट सुरु भएको थियो । नगरसभामा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०७५÷२०७६ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।  सभाले विपद ब्यवस्थापन विधेयक २०७५ प्रस्तुत गरी स्विकृत गरेको छ भने आर्थिक विधेयक २०७५, विनियोजन विधेयक २०७५, विनियोजन विधयेक अन्र्तगत आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरी प्रस्तुत विषयमा उठेका प्रस्तावहरु अनुमोदन गरी अधिबेशन अन्त्य गरिएको थियो । नमोबुद्ध नगरपालिकाले चालु आर्थिक बर्ष  २०७४÷७५ मा विभिन्न श्रोतहरुबाट ४८ करोड ८३ लाख ७१ हजार भएकोमा ४२ करोड ५० लाख २८ हजार असार २७ गतेसम्म खर्च गरेको छ । सोहि आम्दानी र खर्चका आधारमा नगर सभामा आर्थिक वर्ष २०७५÷२०७६ का लागि नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सडक तथा खानेपानीको पूर्वाधार विकास, बातावरणमैत्री नगर, गुणस्तरीय शिक्षाका लागि विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, सुशासनको प्रत्याभुति गराउन संस्थागत सुधार गर्ने योजना सार्वजनिक गरेका छन् । आन्तरिक आय ४ करोड ४८ लाख ६५ हजार, राजश्व बाँडफाँड, वित्तिय समानीकरण, अन्य आय समेत गरी कुल ५० करोड २० लाख ५६ हजारको आय ब्यय प्रस्तुत गरिएको छ । भोली विहिबार बनेपा नगरपालिका र बेथान्चोक गाउँपालिकाको सभा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा हुँदैछ ।



,