बाहुनेपाटि युवा क्लबले १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ

देबराज सुबेदी मेलम्ची बाहुनेपाटि युवा क्लब को आयोजनामा साउन १२ गते बाट संचालित क्षेत्र स्तरीय अन्डर १६ फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक बाहुनेपाटि युवा क्लबले गिरान्चौर युवा क्लब मेलम्चीलाई ३ –० को गोल अन्तर ले पराजित गर्दे उपाधि माथि कब्जा गरेको हो ।  १२ टिम सहभागि प्रतियोगितामा पहिलो भएको आयोजकले नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । दोश्रो भएको गिरान्चौर नगद ५ हजारमा चित्त बुझाएको छ । प्रतियोगिता को उत्कृष्ट खेलाडि आयोजकका साजन माझी र उत्कृष्ट गोलकिपर प्रदिप तामाङ चुनिएका छन् । बिजेता खेलाडिहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जाल्पादेबि मा.बि का प्राचार्य बिष्णु गौतमले प्रदान गर्नुभएको खेल स्थान बाट भुगोल आचार्य ले जानकारी दिनुभएको छ ।

 

, , ,