मिर्गौला पीडितलाई सहयोग


मेलम्ची नगरपालिका वडा नं १०, शिखरपुरकी दुवै मिर्गौला पीडित बिनिसा बस्नेतलाई मेलम्ची ब्याडमिन्टन टिमले आर्थिक सहयोग गर्दै आजबाट सहयोग अभियान सुरु गरेको छ । लोकबहादुर बस्नेतकी छोरी बिनिसा १३ वर्षको उमेरदेखि नै मिर्गौला पीडित भई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत् छिन् ।

पीडित बिनिसाका बुबा लोकबहादुरलाई ब्याडमिन्टन टिमका संयोजक कुमार सापकोटाले २० हजार रुपियाँ  हस्तान्तरण गर्दै आर्थिक सहयोग अभियानको सुरुवात गर्नुभएको हो । उहाँले व्यक्तिगत पनि ५ हजार रुपियाँ सहयोग गर्नुभयो । पीडितलाई सहयोग गर्न चाहनेलेले ९८१३७८६५३४ नम्बरमा सम्पर्क गरी सहयोग गर्न अपील गरिएको छ ।





, , ,