पहिरोमा पुरिएर मृत्यु भएकाहरुको बालबालिकालाई भोटेकोशी गाउँपालिकाले निःशुल्क शिक्षाको व्यवस्था गर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले सिन्धुपाल्चोकामा पटक–पटक हुने गरेको दैवी प्रकोपबाट धेरै जनधनको क्षेती भइरहेको र त्यस मध्ये पनि भोटेकोशी गाउँपालिकामा झन् बढी क्षेती भएर पीडामा परिरहेका अवस्थामा फेरी पहिरोमा परी यहाँका नागरिक ३ जनाले ज्यान गुमाउन परेकोमा झन पीडा थपिएको बताउनु भएको छ । उहाँले बिहिबार १० गते रातको १२ बजेको समयमा झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारको पहिरोमा पुरिएर भोटेकोशी गाँउपालिकाका तीन जना र बाह्रबिसे नगरपालिकाको एक जनाको मृत्यु भएकोमा सिङ्गो गाँउपालिकालाई दुःख लागेको बताउनुभएको छ ।
उहाँले यसरी मृत्यु हुने मृतकका परिबारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गर्नुका साथै मृतकका आत्माको चिर शान्तीका कामना गर्दै श्रद्धाञ्जली समेत व्यक्त गर्नु भएको छ ।
पहिरोमा परी मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का वर्षीय श्याम तामाङ, सोही ठाउँका विक्रम श्रेष्ठ, सुशे भनिने रेशम खड्का र बाह्रबिसे नगरपालिकाको मंगल तामाङ रहेका छन् ।
पहिरोमा मृत्यु भएकाहरुको बालबालिकालाई निःशुल्क शिक्षा
[email protected] Powered by Blogger.
