भण्डारीले दिलाए एक स्वर्ण र एक रजत

तेक्वान्दो खेलको विकासका लागि जिल्लाकै अभियन्ता रुपमा परिचित रहनु भएका प्रेम भण्डारीले देशलाई एक स्वर्ण र एक रजत दिलाउनु भएको छ ।
तेक्वान्दो खेलाडी सिन्धुपुत्र दक्षिण कोरियामा जारी १२ औं तेक्वान्दो कल्चर एक्स्पोर विश्व तेक्वान्दो हामादाङ प्रतियोगितामा यो सफलता हात पारेर सिन्धुको शिर बिश्वमा माथी पुर्याउँन सफल हुनुभएको छ ।
भण्डारी सिन्धुपाल्चोक जिल्लाको भएकाले पनी यसरी सफलता हात पार्दा सबै जिल्ला बासीले उँहालाइ धन्यबाद दिएका छन । उँहाले ८० केजी तौल समूहमा  गेरोगी तर्फ स्वर्ण पदक प्राप्त गर्नु भएर  सफलता हात लगाउँनु भएको हो  । त्यस्तै पुम्से तर्फ उहाँले रजत पदक हात पार्नु भएको छ । नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्षसमेत रहनुभएका भण्डारीले यो सफलता जीवनको महत्वपूर्ण उपलब्धी भएको बताउँनु भएको छ ।
उहाले आफु आफ्नो ब्यक्तीत्वको लागी मात्र नभएर सिङ्गो सिन्धुपाल्चोक र नेपालको शिर उच्च स्थानमा लानको लागी  लागी परेको बताउनुभयो  ।  यो सफलताले मलाइ झन उर्जा प्रप्त भयो भन्नुहुँदै खेलकुदले खेलको मात्र होइन स्वास्थ्यको पनी बिकाश हुने बताउँनु भयो । कोरियाको मुजु तेक्वान्दोवन १२ औं बिश्व तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा नेपालसहित ८७ देशहरूले भाग लिएका थिए  ।

,