झ्याँडीमा राती वालुवा तस्करी

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ स्थित झ्याँडी वगरमा राती राती बालुवा तस्करी हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको मौनता प्रहरीको निस्क्रियता, जनप्रतिनिधिको ठोस निर्णय नभएकै कारण तस्करी बढेको स्थानीयको भनाई रहेको छ ।

इन्द्रावती नदी मात्र होइन बालुवा निकाल्न मिल्ने स्थानका नदी किनारामा बेलुका ७ बजेपछि खोलामा जुनकिरी सरह वत्ति बालेर डोजरले बालुवा झिकेर टिपरमा लोड गरिरहेको देखिने इन्द्रावती नदीका किनारमा रहने स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयले पटक पटक पक्राउ गरी नियन्त्रणमा लिएर जरिवाना गर्दाको समयमा केही कमी भएपनि पछिल्लो समय राती वालुवा झिकेर विक्री गर्नेको भीड लागेको कारण यसलाई नियन्त्रण गर्ने निकाय कुन हो स्थानीयले  आक्रोश पोखेका छन् ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेलले प्रहरीले गस्ती गरिरहेको अवस्थामा फेला परेका र यसरी चोरी निकासी गरेको फेला परेमा कार्वाहि गरिरहेको बताउँदै आफू तथा मातहतको प्रहरी पोष्टमा  जानकारी पाउनसाथ स्काइभेटर र टिपरसमेत नियन्त्रणमा लिएर कार्वाहि गरिरहेको र प्रहरीले गस्ती गरीरहेको बताउनुभयो ।
उहाँले यदि यस्तो देखिएभेटिएमा प्रहरीलाई खबर गरी सहयोग गर्न समेत जिल्लावासीलाई अनुरोध गर्नुभएको छ ।