चौतारामा बन्ने भयो प्राबिधीक महाबिद्यालय

३ नंम्बर प्रदेशमा २वटा प्राबिधीक  महाबिद्यालय बन्ने मध्य सिन्घुपाल्चोक पनी पर्ने भएको छ । ३नंम्बर प्रदेशका सामाजीक बिकास मन्त्री युबराज दुलाल शरद ले उक्त जानकारी दिनु भएको हो ।

चौतारा साँगाचोक गढी नगरपालीका द्धारा आयोजित अन्तर क्रिया कार्यक्रममा बोल्दै उँहाले एउटा हेटौडामा र एउटा सिन्धुपाल्चोकमा बन्न सक्ने   बताउँनु भएको हो । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौताराको वडा नं ५मा रहेको चौतारा बहुमुखी क्याम्पसमा नै प्राबिधीकमहाबिद्यालय संञ्चालन गर्नका लागी भएको अन्तर क्रियामा सहभागी सबैले आबश्यकता मा रहेकोले जसरी भए पनी संञ्चालनमा ल्याउँन पर्ने बताएका छन । सामाजिक बिकाश मन्त्री दुलालले आबश्यकता अनुसार सरकारले शिक्षा स्वास्थ्य तथा पुर्बाधारका लागी बिशेष   सहयोग गर्ने निती रहेको समेत बताउँनु भयो । उँहाले अब चौतारा बासीले जम्मा ५५किलोमिटरको यात्रा गरे पछी काठमाण्डौ पुग्ने राजमार्गलाइ स्थाइत्व दिन लागेको बताउँदै चौतारा अस्पताललाइ सुबिधा सम्पन्न बनाएर सबैलाइ चौतारमा नै उपचार हुने ब्यबस्थना मिलाउँने बताउँनु भयो  नगरपालीकाका  प्रमुख  अमान सिंह तामाङ्गले नगरपालीकाबाट गर्न पर्ने हरेक  बिकाशका कार्यक्रमहरुमा हरेक सहयोग गरिरहेको  र  प्रबिधीक महाबिद्यालय सञ्चालन गर्ने कुरा झन महत्वपुर्ण भएकाले यसलाइ  आबश्यक पर्ने  सबै खाले सहयोग उपलब्ध गराउँने बताउँनु भयो ।
नगरका प्रमुख प्रशासकिय अधिकृत इन्द्र प्रसाद बस्यालले चौतारा नगरको लागी  मात्र नभएर जिल्लाकै पहिचानका लागी र यँहाका नागरिकलाइ बिभिन्न बिषयमा  सक्षम बनाउँनका लागी पनी अती आबश्यक रहेको बताउँनु भयो ।  पुर्ब माननिय एबम शिक्षाबिद कृष्णराज श्रेष्ठले आबश्यक पर्ने पुर्बाधार तैयार गरेर चौतार बहूमुखी क्याम्पसमा नै महाबिद्यालय सञ्चालन गर्नका लागी थप आबश्यक जग्गाको ब्यबस्था गरेको र भबनको समेत तत्कालका लागी काम चल्ने भएको ले अर्को भबन निर्माण नगर्दा सम्मका लागी पनी उपयुक्त रहेको बताउँनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ्गले प्रशासनका तर्फबाट पनी गर्न पर्ने सबैे खाले सहयोग गर्ने बताउँदै बिकाश निर्माणका लागी सबैले आआफ्नो ठाँउबाट सहयोग गर्न पर्ने बताउँनु भयो । अन्तर क्रिया कार्यक्रममा भेला भएका सहभागीहरुले आबश्यक पुर्बाधार सम्भाब्यता अध्ययन अध्यपन गरिने बिषय क्षेत्रहरु निर्धारण लगाएत  सम्पादन गर्नका लागी सुझाब पेश गर्न एक कार्यदल समेत गठन गरेका छन । पुर्ब माननिय शुभाष कर्मचार्यको संयोजकत्वमा गठीत अन्य सदस्यहरुमा  चौतारा साँगाचोक गढी नगरपालीकाका उप प्रमुख जानुका पराजुली, चौतारा बहुमुखी क्याम्पसका नगेन्द्र प्रसाद दङ्गाल शिक्षाबिद यज्ञ प्रसाद  दङ्गाल  वडा नं ५का वडाअध्यक्ष नरमानश्रेष्ठ ,वडा नं १३का वडाअध्यक्ष रामप्रसाद गौतम  उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष  श्याम कृष्ण श्रेष्ठ रहनु भएको  सात सदस्यीय समिती समेत गठन गरिएको छ । समितीले आबश्यक ठानेमा अन्य पदाधिकारीको समेत थप गरेर काम गर्न सक्ने अधिकार दिइएको छ । संयोजक कर्मचार्यले आफ्नो नेतृत्वमा रहेको समितीका काम जटिलता र पुर्ण जिम्वेवारीतामा रहेकोले सिन्धुपाल्चोको गौरबताका लागी काम गर्ने बताउँदै समितमिा नरहेका साथीहरु  सबै   जिल्लाबासीहरुले पनी जिम्वेवारी पुर्बक ढङ्गबाट  यस कार्यमा सहयोग गर्ने  बिश्वास लिएको बताउँनु भयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.