सर्नेभयो चौतारा नगरपालीकाको कार्यलय कृषीको भबनमा


चौतारा साँगाचोक गढी नगर पालीकाको कार्यलय केही दिन भित्र सरकारी भबनमा सर्ने भएको छ । जिल्ला सम्मन्वय समितीका प्रमुख  कृष्ण गोपाल तामाङ्गको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । जिल्ला स्तरमा रहने संघीय  सरकारका कार्यलयहरु बहेकका जिल्ला मा रहेका जिल्ला स्थित कार्यलय ,निकाय,बिकाश समिती तथा अन्य निकायको दाइत्व ,सम्पती अभिलेख कागजात तथा बजेट सम्बन्धीत गाँउपालकिा वा नगरपालीकामा हस्तानन्तरण गर्न बनेको समितीको १०गते बसेको बैठकले यो निर्णय गरेको हो ।

चौतारा साँगाचोक गढी नगरपालीकाको आफ्नो भबन नभएको र  भाडामा बस्न परिरहेको कारण सेवाग्रहीलाइ पर्याप्त सेवा दिन समेत समस्या परिरहेको हुँदा तत्काल उक्त कार्यलय रहेको भबनबाट कार्य स.ञ्चालन गर्ने ब्यबस्था मिलाउँने निर्णय भए अनुसार प्रकृया पुरा गरेर कार्यलय सार्ने बारेमा छलफल भइरहेको चौतारा साँगाचोकगढी नगर पालीकाका  प्रमुख प्रशाशकिय अधिकृत इन्द्र बस्यालले बताउँनु भयो ।

, ,