यसपालीको तिज बजारमा


काठमान्डाँै, साउन १२

 तीजका अवसरमा आफ्नो विभिन्न सांगीतिक कोसेली लिएर आउने लोकदोहोरी गायक तथा गायिकाको क्रम बढ्दो मात्रामा रहेको छ ।
सुशेली  म्युजिक प्रालीको प्रस्तुतीमा  पार्वती बाँनियाका तीजको कोशेली “यसपालीको तिज ”को भिडियो सार्वजनिक भएको छ । नेपाली हिन्दु नारीहरुको महान पर्व नजिक आउदै गर्दा आम दर्शक तथा स्रोताको माग अनुरुप गीत बजारमा आएको छ ।तीज गीतमा गायक नविन विरही श्रेष्ठ र गायिका पार्वती बाँनिया को आवाज रहेको छ  । मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा आफनो सिर्जनालाई  बजारमा ल्याउन पाउँदा निकै खुशी लागेको गायिका पार्वती बानीया ले बताउँनु भउको छ। यो भिडीयो  नविन विरही श्रेष्ठको लय तथा शब्द सिर्जनामा गीत तयार पारिएको हो । गीतको भिडियोलाई  सुरज खनालको छायाँकन , चेतन सागरको सम्पादन , र कुशल निर्देशन सन्तोष पौडेलले गीतको भाव अनुसार कुशलताका साथ निर्देशन गरेका छन । सागर पौडेल र मनिष्का गुरुङको दमदार अभिनय रहेको छ ।

, , ,