अरनिको राजमार्गमा पहिरोका कारण सबारी साधन संञ्चालनमा समस्या

  सन्तोष भण्डारी
सिन्धुपाल्चोक स्थित जुरे पहिरोमा  सडकका कारण सबारी आबत जाबतमा  जोखिम भएको छ । नियमित बर्षाकाकारण सबारी साधन आबत जाबत गर्ने  मुख्य सडक अरनिको  राजमार्गमा कतै पहिरो र कतै सडक भासिने गरेको कारण यात्रा जोखिममा परेको हो । बाह्र्बिसेको जुरे पहिरो स्थित सडक हिलोका कारण  सबारी साधन संञ्चालनमा समस्या परेको छ भने बलेफीमा पहिरोका कारण सबारी साधन संञ्चालनमा समस्या आएको छ ।  सडकको समयमा निर्माण नहुनु समयमा मर्मत सम्भार नहुनु  सडकको अबस्था मा बिषेश ध्यान नदिनु नै यसको मुख्य कारण रहेको स्थानीयबासीहरुले बताएका छन ् ।  बाह्रबिसे काठमाण्डौ बसका चालक युबराज श्रेष्ठले सबरी संञ्चालन गर्नका लागी सहज सडक छैन आफुले पनी जोखिम मोलेर सबारी चलाउँन परेको छ , लगातार  पहिरो खशीरहेको हुन्छ माथीबाट कुन समयमा ढुङ्गा आउँछ त्यो थाहा हुन सकेको छैन 

कती खेर सडक भासिन्छ त्यो पनी थाहा हुन सकेको छैन भन्दै बाह्र्बिसेको सडक तत्काल मर्मत गर्न नसके  लामोसाघु भन्दा अगाडी जान नसकिने अबस्था रहेको  बताउँनु भयो । सडकको रेखदेख गर्ने जिम्मा पाएका निकायहरु यस अबसथामा मौन जस्तै देखीन्छन । यो मौसम एकातिर बार्षीक  बजेटको अन्तमि अबस्था हो । गत बर्षको बेजटका काम सकिएको हुन्छ नयाँ आएको हुदैन त्यसले पनी केही असर गरेको हुन सक्छ । तर यसका लागी पनी बिषेश ब्यबस्थगा मिलाउँम्न पर्ने सहचालक प्रकाश राज वलीले बताउँनु भयो । यात्रा जोखिम छ  कती खेर कँहा गएर रोकीन्छ भन्ने बिषयमा थाहा हुँदा हुँदै पनी जोखिम मोलेर भए पनी यात्रा गरिरहनु परेको बसमा यात्रा गरिरहनु भएकी बाह्र्बिसेघर बताउँनु हुँने यात्री कान्छी श्रेष्ठको भनाइ रहेको छ । अरनिको राजमार्गका बिभिनन भागमा सडक अबरुद्ध हुँदा सेवाग्रहीहरु समस्यामा परेका छन ।

,