सिन्धुबिकाश बैङ्कले ३संञ्चालक थपेको छ


दिपक खत्री सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रूपमा स्थापित सिन्धु विकास बैंकले आइतबार आफ्नो आठौं वार्षिक साधारणसभामार्फत खुद मुनाफाबाट ५.९५ प्रतिशत बोनस सेयर तथा ०.३१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले साथै बैंकको सर्वसाधारण समूहको तर्फबाट तीन जना सञ्चालकहरू समेत निर्विरोध निर्वा्चित भए का छन ।
निर्वा्चित सञ्चालकहरूमा राजेन्द्रप्रसाद पोखरेल, प्रभुराम श्रेष्ठ र यादव दाहाल रहनु भएको छ। बैंकको आफ्नो कार्यक्षेत्र चितवन र मकवानपुर जिल्लामा समेत विस्तार गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले तोकिएको म्यादभित्र नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिमको पुँजी पु¥याउन आफूहरू सफल भएको जानकारी पनि उक्त अवसरमा गराउँनु भएको थियो  ।


, ,