समृद्ध नेपालसुखी नेपालीअभियानमायुवाहरु ः


लोकप्रिय संवाददाता ÷चौतारा
युवाहरुले संमृद्ध नेपालको सपना सार्थक बनाउँनसबै लाग्नुपर्ने बताएका छन् । बुधवार चौतारामाजिल्लायुवा समितिसिन्धुपाल्चोकले आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकलाप्रतियोगितामाउनीहरुले यस्तो धारणा राखेकाहुन् ।

संवृद्धि गफ गरेर प्राप्तहुने चिजहोइन, अबयसलाई हामी सबै मिलेर व्यवहारमा रुपान्तरण गर्नुपर्छ भन्दै उनीहरुले देशको विकासमायुवाशक्तिआधार भएको धारणा राखे । हाल दैनिकजसो १५ सययुवाविदेश पलायनभइरहेको प्रतिचिन्ताव्यक्तगर्दै उनीहरुले सरकारले युवाकालागि स्वेदशमै रोजगारी सिर्जनामालाग्नुपर्ने बताए ।
विदेशमा रहेकायुवा दैनिक ३ जनाबाकसमाप्याकभएर एयरपोर्ट झर्दै गरेको प्रसंग उल्लेख गर्दै उनीहरुले विदेश गए सुख पाइन्छ भन्ने धारणा गलत रहेको बताए । विदेशमागएर ४५ डिग्रीको तातोमा भेडा चराउँन, भाडा माझ्नतथाज्यामाी र कुल्लीकामगर्न हामीतयार हुन्छौ, स्वदेशमाआफ्नै माटोमाकामगर्न लाज मान्छौ अनि कसरी आउँछ समृद्धि ?उनीहरुको प्रश्नथियो । नेपालका स्रोत, साधन र सम्पदामायुवाको पहुँच र लगानी वृद्धि गर्नुपर्छ भन्दै उनीहरुले विदेशमा २४ वर्षको मान्छे मन्त्रीबन्न सक्छ तर नेपालमा७० काट्दा पनियुवाभनेर पद लिइरहने प्रवृत्ति छ , यसरी कसरी विकास र समृद्धि हासिल हुन्छ ?विकासमायुवा सहभागिता र परिचालन महत्वपूर्ण रहेको उनीहरुको भनाइथियो ।
समृद्ध नेपाल र सुखी नेपालीअभियानमायुवाको भूमिकाविषयमाआयोजितप्रतियोगितामाजिल्लाका १२ जनायुवाले प्रतिस्पर्धा गरेकाथिए । प्रतियोगीहरुले युवाकालागियुवाकै नीति, नेतृत्व र संस्थागत स्वरुपआवश्यक रहेकामाजोड दिए । १६–२४ वर्षकायुवालाई लक्षित गरी आयोजनागरिएको कार्यक्रममाप्रमुखकोष तथा लेखानियन्त्रकलक्ष्मी प्रसादनिरौललाले युवाहरुमाआशाबादिता, पारदर्शीता र सक्रियताअपरिहार्य रहेको बताए । युवाउमेर फर्केर पुन ः नआँउने भन्दै उनले गर्नुपर्ने जति सबै यसै उमेरमागर्नुपर्ने सुझावदिए ।
कार्यक्रममाजिल्लायुवा समितिकाअध्यक्षशशिनाथआचार्यले युवा नेतृत्वविकास र परिचालनकालागिबक्तृत्वकलाआयोजनागरिएको जानकारी दिए । युवाका मुद्दा तथा सरोकारहरुमायुवा स्वयम् नै जागरुकहुनुपर्ने भन्दै उद्यमशीलता र रोजगारी सिर्जनामायुवा समितिले सहयोग गरिआएको बताए । युवाउद्यमकार्यक्रममार्फत युवालाई स्वदेशमै रोक्ने र विदेशमा रहेकालाई स्वदेश फर्काई उनीहरुकाअनुभव र सिकाईलाई स्वेदशमाप्रयोग गर्ने काममा राष्ट्रिय युवा परिषद् लागिरहेको भन्दै उनले स्थानीयतह सम्मयुवा समितिहरु बन्ने क्रममा रहेको बताए ।
कार्यक्रममाजिल्लाशिक्षाविकास तथा समन्वयइकाइकाप्रमुखतथाजिल्लायुवा समितिकाकार्यालय प्रमुख÷सदस्य सचिवगौरीशंकर पाण्डेले छोटो अवधीमायुवा समितिले उल्लेख्य काम गरेको बताए । युवा परामर्श, सीपविकास तालिम, युवाप्रतिभाको खोज तथापहिचानमायुवा परिषद र जिल्लायुवा समितिक्रियाशील रहेको उनको भनाई थियो । प्रतियोगितामाकोष नियन्त्रण लक्ष्मी प्रसादनिरौला, चौतारा क्याम्पसकाप्राध्यापक यज्ञ प्रसाददंगालतथा कृष्ण रत्नगंगामा.वि.का प्र.अ. ध्रुवलालश्रेष्ठले निर्णायकको रुपमाभूमिकानिर्वाह गरेकाथिए ।
उक्तप्रतियोगितामाबतासेकागिरीराज कटुवालले प्रथम स्थानप्राप्तगर्दै नगद ५ हजार सहित प्रमाणपत्र पाए । त्यस्तै चौताराकीगंगातामाङ द्धितीय, बेलीदुलाल तृतीय र सदिनाकुँइकेलले सान्त्वना स्थानप्राप्त गरे । प्रतियोगितामाप्रथम स्थानहासिलगर्ने कटुवालले असार २३ गते प्रदेशस्तरको प्रतिस्पर्धामाभागलिने बताइएको छ । त्यस्तै असार २६ गते केन्द्रीय स्तरको बक्तृत्वकलाकार्यक्रमहुने जिल्लायुवा समितिको कार्यालयले जनाएको छ ।

, ,