सामान्य बिरामीलाई भर्ना गराएर ज्यान लिने गरेको अस्पताललाई आरोप

हाम्रो देश नेपाल का नागरिक कती सम्म सुरक्षित हुन्छन र केही अस्पतालका डाक्टरहरुले पैसा कमाउँन कती सम्म गर्छन   भन्ने कुराले नेपालमा प्राय जसो समचार नबनेको दिन हुँदैन ।
हाम्रोदेशको जनसंख्या हेर्ने हो भने जनसंख्याका आधारमा  अन्य मुलुकको भन्दा बढी नै डाक्टर होलान जती भए पनी अकालमा मानीसको र्मत्यु हुने सख्या भने घटेको छैन । प्राय निजी अस्पतालमा सामन्य रोग लागेर जँचाउँन गयो भने पनी अस्पतालको आम्दानी बढाउँन र डाक्टरले आपःm्नो आयाश्रोत बढाउँन कै लागी भर्ना गर्ने सल्लाह दिने गरेको पयिछल्लो घटनाक्रमले प्रष्ट पारेको छ ।
सरकारी अस्पतालमा भन्दा निजी अस्पतालमा बढी बिरामी रोग परिक्षण गर्न जाने गरेको देखिन्छ  यसको कारण भने छिटो र छरितो उपचार नै हो । तर  केही अस्पतालमा सामन्य बिरामीलाइ भर्ना गराएर ज्यान लिने गरेको आरोप हरु लागी रहेको छ । हालै मात्र  ललितपुरजिल्ला धापाखेलस्थित सुमेरु अस्पतालमा विहीबार मेगा बैंकमा जागिर खाइरहेकी २६ वर्षीया  मनिषा निरौला को र्मत्यु भए पछी मृतकका आफन्तले पनी यस्तो आरोप लगाएका छन । निरौला सामान्य पेट दुखेर सुमेरु अस्पतालमा भर्ना हुन भएको थियो  । उहाँलाई डाक्टरहरुले मृगौलाको समस्याले पेट दुखेको हुन सक्ने भन्दै भर्ना हुन  भने पछी सामान्य अबस्थामा नै अस्पतालले भर्ना गरेको बताइएको छ ।  निरौला सुमेरु अस्पतालमा २५ दिनअघि भर्ना हुनु भएको हो  । बुधबार राति निरौलालाई मृत घोषणा गरिएको छ । पेट दुखेकी मनिषाको मस्तिष्कघातका कारण मृत्यु भएको अस्पतालले घोषणा गरेको छ ।
मृतकका आफन्तहरुका अनुसार मनिषालाई चिकित्सकहरुले मृगौलाको समस्याका कारण पेट दुखेको हुन सक्ने अड्कलका साथ अस्पतालमा भर्ना भएर उपचार गर्न भनेका थिए । तर, २५ दिनपछि बिना कुनै रोगको निदान उनलाई मृत घोषित गरियो ।
सामान्य अवस्थामा अस्पताल पुगेकी आफ्नी छोरीलाई चिकित्सकहरुले प्रयोगशाला बनाएर ज्यान लिएको आरोप मनिषा निरौलाकी आमाको छ । ०४९ सालमा बिराटनगरमा जन्मिनुभएकी मनिषा केही वर्षअघि मात्रै स्नातक अध्ययनका लागि काठमाडौं आउँनुभएको थियो  । अध्ययन गर्दै गर्दँ  जागिर सुरु गर्नु भएको  मनिषाको ६ महिनाअघि पनि पेट दुखेको थियो । सामान्य औषधि सेवन गर्दा  पेट दुख्न कम नभएपछि २५ दिनअघि अस्पताल गएर  जँचाउँदा रोग पत्ता नलागेको भन्दै भर्ना हुन पर्ने सल्लाह बमोजिम भर्ना  हुनुभएको थियो ।
सुमेरु अस्पतालका वरिष्ठ चिकित्सक ऋषिकुमार काफ्लेको समूहले मनिषालाई मृगौलाको समस्याले पेट दुखेको हुन सक्ने भन्दै अस्पताल भर्ना हुन सुझाव दिएको थियो ।
‘अस्पताल भर्ना भएको १५ दिनसम्म पनि समस्याको हल ननिस्किएपछी  मृगौला होइन, अरु नै कारण हुन सक्छ भनेर डाक्टरहरुले बताएको,  ‘रोगनिको नै नहुने देखेपछि हामीले दिदीलाई बाहिर लैजान्छौं भनेर अस्पतालमा अनुरोध गरेका थियोै  । अस्पतालले  सानो समस्या भएकाले बाहिर लैजानुपर्दैन भनेर हाम्रो कुरा मान्नुभएन ।’ मनिषाका भाई मनिषले बताउँनु भएको छ ।
‘हामीलाई २४ दिनसम्म कुन रोग लागेको हो र के गर्नुपर्छ भनेर कहिल्यै भनिएन । बेडको पैसा तिर्न र औषधि किन्न लगाइन्थ्यो । यसले गर्दा मेरी दिदीलाई औषधिको प्रयोगशाला बनाइयो भन्ने देखिन्छ । निरौलाका आफन्तको दाबी रहेको छ ।