साढे ८ हजारलाई नयाँ नागरिकता

कमला गुरुङ/आर्थिक वर्ष ०७४/०७५ को एक वर्षमा जिल्लाका साढे ८ हजारले नागरिकता प्रमाणपत्र लिएका छन् ।
गत साउनदेखि असार मसान्तसम्मा जिल्लाका ८ हजार ५ सय २६ ले नयाँ नागरिकता लिएका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष नयाँ नागरिकता लिनेको संख्या घटेको छ । अघिल्लो वर्ष ८ हजार ९ सय ७९ ले नयाँ नागरिकता लिएका थिए भने यसवर्ष नयाँ नागरिकता लिनेको संख्या ४ सयले घटेको हो । ‘नयाँ नागरिकता लिने अनुपात त उहि न छ, तर अघिल्लो वर्षभन्दा यसवर्ष नागरिकता लिनेको संख्या घटेको छ’, जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका उत्तम पौडेलले भन्नुभयो ।
एक वर्षमा झण्डै ५ हजार जनाले नागरिकताको प्रतिलीपी लिएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रतिलीपी लिनेको यकिन संख्या नभएपनि ५ हजार हाराहारीले प्रतिलीपी लिएको नागरिकता फाँटले जानकारी दिएको छ ।
प्रशासन कार्यालयको विवरण अनुसार यसवर्ष जिल्लाबाट १८ जनाले अंगिकृत नागरिकता प्राप्त गरेका छन् । अघिल्लो वर्ष १५ जनाले अंगिकृत नागरिकता प्राप्त गरेकोमा यसवर्ष १८ जनाले अंगिकृत नागरिकता लिएका हुन् ।