गणेशआधारभुतमा बिब्यसपुनर्गगठन

लोकप्रिय समचार
 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १३ र १४ साविक ठुलो सिरुवारीका १० वटा विद्यालय मध्य गणेश आधारभुत विद्यालय–१३ ले विद्यालय व्यवस्थापन समिति पुर्नगठन गरेको छ । नगरपालिकाले शिक्षा ऐन लागु गरेपछि साविक ठुलो सिरुवारीमा वि.व्य.स. पुर्न्गठन गर्ने पहिलो विद्यालयको रुपमा देखा परेको गणेश आधारभुत विद्यालयमा प्रेम प्रसाद चौलागाईको अध्यक्षतामा १० सदस्यीय वि.व्य.स र होमनाथ चौलागाईको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको विद्यालयको प्रधानाध्यापक तारादेवी रानाले बताउनु भयो । स्रोत व्यक्ति खिकादेवी नेपालको प्रमुख अतिथ्यता तथा वडा सदस्यहरु लिला बहादुर गिरी र विष्णु रानाको विशेष आतिथ्यमा अभिभावक भेलाले उक्त समिति पुर्नगठन गरेको हो ।