नगर पालीकाको एकिकृत सम्पतीकर सम्बन्धी प्रशिक्षण चौतारामा

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालीकाले एकिकृत सम्पतीकर सम्बन्धी नगर स्तरिय दुइ दिने प्रशिक्षण कार्यक्रम गरेको छ ।श्राबण ११ र १२गते दूइ दिन सम्म जिल्ला स्थित फिल्ड ट्रे्डीङ्गहलमा आयोजित प्रशिक्षण कार्यक्रममा नगरका  १४वटै वडाका वडाअध्यक्ष सचिब  सामजीक परिचालक तथा राजस्व शाखाका कर्मचारी हरुलाइ एकिकृत  सम्पतीकर सम्बन्धी  प्रशिक्षण दिइएको हो । चौतारा सँगाचोक गढी नगरपालीकाका सबै वडामा यसै आब२०७५।७६ देखी सम्पती कर उठाउँने नगरपालीको नगर सभाबाट निर्णय भए बमोजिम  सम्वती करको अबधारणालाइ मद्धत पुर्याउँनका लागी यो प्रशिक्षण को अती महत्व रहेको सहभागी वडा नं १४ का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भयो ।


नगरका वडाअध्यक्ष तथा कर्मचारीहरुको क्षमता अभिबृद्धीका लागी दुइदिने प्रशिक्षण कार्यक्रम भएको हो । चौतारा साँगाचोक गढी नगर पालीकाको आयोजनामा  भएको कार्यक्रममा कर तथा शुल्क सम्बन्धी  अबधारणा, कर भनेको के हो? करका आयमहरु , करका आधारहरु  के के हुन, सम्पती भनेको के हो  यसको मुल्याङ्कन कसरी गर्न सकिन्छ, सम्पती कर बुझाउँने नागरिकलाइ नगरले के सुत्रिधा दिन सक्छ , नगरका नागरिकले बुझाउँने कर के का लागी कस्तो प्रयोजनमा सम्पती कर बुझाएका नागरिकलाइ बढी फाइदा हुन्छ  भन्ने  लगाएतकाम बिषयमा  योग राज गाँउले र सुमित्रा अधिकारी ले प्रशिक्षण दिनु भएको थियो ।
नगर उप प्रमुखको प्रमुख अतिथ्यतामा भएको उक्त प्रशिण कार्यक्रममा चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख प्रशाशकिय अधिकृत इन्द्र प्रसाद  बस्याल लगाएत  नगरपालीकाका सल्लाहकार चन्द्र प्रसाद सापकोटा नगरपालीका सचिबालयका मिलन लामा तथा प्रबिधीक कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

, , , ,