नेविसंघद्वारा उत्कृष्ठ विद्यार्थीलाई सम्मान


कमला पाख्रीन,चौतारा नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले २०७४ को एसइइ परिक्षामा उत्कृष्ट श्रेणिमा उत्तिर्ण हुने जिल्लाका  ५० जना बिद्यार्थीहरुलाइ सम्मान गरेको छ ।
कार्यक्रमकम प्रमुख अतिथि एवम् नेपाली कांग्रेस जिल्ला सभापति बिकास लामाले बिद्यार्थिहरुले कुनै पनि साथिको र अभिभाबकको लै लै मा नलागरेर आफ्नो रुची अनुसारको बिषय अध्ययन गर्न सुझाब दिनुभएको छ । त्यस्तै कार्यक्रमका बिशेष अतिथि एवम् ३ नं प्रदेश सभा सदस्य निमा लामाले शिक्षा क्षेत्रमा आफुले गर्न सक्ने र गर्न पर्ने काम अहोरात्र खटेर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा इन्द्रावति गाँउपालिकाको अध्यक्ष बंशलाल तामाङले बिद्यार्थीको गहना भनेकै शिक्षा भएकाले पढाइलाइ जस्तो सुकै परिस्थीतिमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रम नेपाल बिद्यार्थि संघ जिल्ला कार्य समिति अध्यक्ष दावा ग्याल्बु लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।


, ,