खेलकूद महिला सहभागिता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न


लोकप्रिय रिपोर्टर
‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकूदमा महिला सहभागिता उत्तम विकल्प’ मूल नाराका साथ दुई दिने राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय खेलकूद परिषद् नेपालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सरस्वती मावि ग्याल्थुम र तेर्से मावि तालामाराङका गरी १ सय ५० विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन समारोह मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालयको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमको सभापतित्व जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शिवबहादुर देउजाले गर्नुभएको थियो भने कार्यक्रम उद्घोषण जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष नवराज भट्टराइले गर्नुभएको थियो ।
त्यस्तै अघिल्लोदिन  समापन भएको कार्यक्रममा समापन समारोहको सभापतित्व जिल्ला खेलकूद विकास समिति सदस्य राजन श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोकका उपाध्यक्ष नवराज भट्टराईको रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट भट्टराईले सिन्धुपाल्चोक जिल्ला राजधानीको नजिक भएर पनि अझै खेलकूदका लागि भौतिक पूर्वाधार पूरा नभएको बताउनुभयो । सिन्धुपाल्चोक जिल्ला खेलाडीको उर्वर भूमी भएतापनि पर्याप्त अवसरको कमी रहेको उहाँको भनाई थियो । उहाँले आउँदो आठौं नेशनल गेममा सिन्धुपाल्चोकबाट मेडलको अपेक्षा गरेको बताउँदै खेलकूदमा पैसा र नाम दुवै हुने भएको हँुदा खेलप्रति खेलाडीको आकर्षण रहेको बताउनुभयो ।
कार्यक्रममा अतिथिहरु तेर्से माविका प्रअ कृष्णप्रसाद ढुङ्गाना, जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गिमी शेर्पा, राष्ट्रिय खेलकूद परिषद्का प्रतिनिधि मिना तिवारी, रिता चौलागाई, प्रशिक्षक मनोज खड्का, मन्जिता केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का प्रतिनिधि मिना तिवारी र रिता चौलागाईले तेर्से माविका ४ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई १ वर्षका लागि स्टेशनरी सामान निःशुल्क वितरण समेत गर्नुभएको थियो । 


,