एक अर्ब ७० करोड बढी रकम फ्रिज

चन्द्रकला खत्री/आर्थिक वर्ष २०७४/०७५ मा सिन्धुपाल्चोकमा एक अर्ब ७० करोडभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी एक अर्ब ७० करोड ९१ लाख ७० हजार ५ सय २६ रुपैयाँ ९९ पैसा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

आ.व. २०७४/०७५कुल बजेटको ९२.३१ प्रतिशत बजेट खर्च भएको छ । पुँजिगततर्फ २२ अर्ब १९ करोड ८८ लाख ९६ हजार ८ सय ३१ रुपैयाँ २० पैसा विनियोजन भएकोमा २० अर्ब ४८ करोड ९७ लाख २६ हजार ३०४ रुपैयाँ २१ पैसा मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

यस्तै चालुतर्फ १९ अर्ब ६८ करोड १४ लाख आठ हजार ३८१ रुपैयाँ २० पैसा विनियोजन भएकोमा १८ अर्ब ९५ करोड १ लाख ३९ हजार ८०७ रुपैयाँ १७ पैसा खर्च भएको छ । जिल्लाका अधिकांश विकास निर्माणका कामहरू आर्थिक वर्षको अन्त्यमा आएर सञ्चालन गर्ने प्रचलनका कारण धेरै बजे फ्रिज हुने गरेको कोष तथा लेखा नियन्त्रक लक्ष्मीप्रसाद निरौलाले बताउनुभयो ।