विपद जोखिम सम्बन्धी प्रशिक्षण कार्यक्रम


विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनको लागि स्थानीय निकायको भुमिका सम्बन्धी प्रशिक्षण तालिम कार्यक्रम आज समापन हुने भएको छ ।

१४ गते देखि होटल लाङ्गटाङ्गमा सञ्चालमा रहेका तालिममा चौतारा साँगाचोकगढी नगरपालिका लगायत ६ गाउँपालिकाका वडा अध्यक्षहरुलाई तालिममा सहभागी गराइएको थियो । २ समुहमा विभाजन गरी प्रशिक्षण तालिम दिएको थियोे । पहिलो समुहमा चौतारा साँगाचोकगढी नगरपालिका र ईन्द्रावती गाउँपालिकाका वडा प्रमुखहरुलाई तालिम दिएको थियो । १४ गते देखि चलेको उक्त तालिमको उद्घाटन गर्दे जिल्ला समन्वय समितीको प्रमुख कृष्ण गोपाल तामाङले विपद व्यवस्थापले गरिरहेको हानी प्रति प्रकाश पार्दै विपद भनेको हल्ला गरेर  जनाउ दिएर आउने होइन यो अपरझट आउने भएकोले यसको व्यवस्थापन सम्बन्धी सबै नागरिकले जानकारी लिन पर्ने हुँदा यो तालिमले महत्वपुर्ण सहयोग गरेको बताउनु भयो । कानुनी सहयोग तथा परामर्श केन्द्रका हरिकुमार कार्की, कानुनी सहयोग तथा परामर्श केन्द्रका संयोजक अन्जना न्यौपानेले तालिममा सहभागीहरुलाई विपद् व्यवस्थापन जलवायु परिवर्तन, विपद व्यवस्थापन न्युनिकरण ऐन २०७४ सामुदायमा आधारित विपद व्यवस्थापन, जोखिम व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिनु भएको थियो ।