सिन्धुपालचोक चौतारा मा बमको हल्ला आबत जाबत बन्द


सिन्धुपालचोक जिल्ला सदरमुकाम नजीकै रहेको चौतारा साँँगाचोकगढी नगर पालीका ५  आलडाँडामा स्थित सडकमा  बम राखेको हल्ला चले पछी त्यँहा सुरक्षाकर्मी  पुगेको छ ।


सुरक्षाकर्मी सहित नेपाली सेनाको टोलीले उक्त स्थानमा गएर  अपरिचत सामानको बारेमा  जानकारी लिइरहेको छ । 
 यस अघी  मेलम्ची नगरपालिका १३ फड्केश्वरमा प्रेसरकुकर बम राखिएका  हल्ला चलेको भएता पनी बम नभएको पुष्टि भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको बन्द सफल गराउन प्रेसर कुकर बम राखेको हुन सक्ने प्रहरीले जनाएको थियो । चौतारा सांगाचोक गढि नगरपालिका १२ सिरान घुम्तीमोडमा गएराति १०  ४५ को समयमा सिलिन्डर वम विस्फोट भएको सञ्चार कर्मी  अशोक पराजुलीले जाानकारी दिनु भयो  ।
यसैबिच विप्लव समूहले बन्दको आह्वान  गरेपनि त्यसको कुनै प्रभाव देखिएको छैन । जिल्लाका सबै ठाउमा नियमित सवारी साधन संचालन भईरहेको ले पनी यस्तो हल्ला फैलिउको हुन सक्ने प्रहरीको भनाई छ । साथै सिन्धुपाल्चोकमा प्रहरी सुरक्षालाई  कडाइका साथ ब्यबस्थितका साथ सुरक्षा स्थिती बिग्रन नदिन प्रहरीले गस्ती समेत गरीरहेको छ  जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक बिमल राज कडेलका अनुसार आलडाँडामा राखिएको बस्तुको पहिचानको लागी सेना तथा सुरक्षा गस्ती पुगेको छ ।यो समचार तैयार गर्दा सम्म  उक्त सामानको पहिचान हुन सकेको छैन । काभे्रको पाँचखाल बाट सेना आइ पुगे पछी मात्र यसको पहीचान हुने बताइएको छ । अहिले उक्त स्थानमा  सबारी साधन तथा मानीसहरको आबत जाबत बन्द रहेको छ ।

, ,